Nepali News Portal

इनरह्वील क्लवहरुबिच फ्ल्याग एक्सचेञ्ज

बुटवल। बुटवलमा इनरह्वील क्लवहरुबिच फ्ल्याग एक्सचेञ्ज गरिएको छ । इनरह्वील क्लव अफ बुटवल , इनरह्वील क्लव अफ मिडटाउन बुटवल र इनरह्वील क्लव अफ बुटवल जितगढी , इनरह्वील क्लव अफ तिलोत्तमा , इनरह्वील क्लव अफ गोरखपुर होराइजन र इनरह्वील क्लव अफ लुम्बिनीको संयुक्त आयोजनामा फ्ल्याग एक्सचेञ्ज गरिएको हो ।

कार्यक्रममा बोल्दै डिष्ट्रिक ३५० का पिनआर समिरा ध्वजुले इनरह्वील क्लवहरुबिचको आत्मियता कायम गर्ने कार्यक्रमको उदेश्य रहेको बताउनुभयो ।
इनरव्हील क्लब अफ लुम्बिनीका अध्यक्ष नारायणी नेपाल , डिष्ट्रिक ३५० नेपालका आइपिडिसी आशा श्रेष्ठ , इनरह्वील क्लव अफ गोरखपुर होराइजनका अध्यक्ष प्रिती गुप्ता नेपालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमबारे प्रकाश पार्दै इनरह्वील क्लव अफ बुटवलका अध्यक्ष बुलबुल श्रेष्ठले इनरह्वील क्लवहरु बिच सधैँ एकापसमा सहयोग , सद्भाव र बन्धुत्वको भावना कायम भैरहने बताउनुभयो ।कार्यक्रममा इनरह्वील क्लव अफ बुटवलका पूर्व अध्यक्ष पुष्पा कशौधनको स्वागत    इनरह्वील क्लव अफ मिडटाउनका अध्यक्ष जुनु भण्डारीको
सञ्चालन  इनरह्वील क्लव अफ बुटवल जीतगढी अध्यक्ष यशोदा भट्टराईले धन्यवाद रहेको थियो । कार्यक्रममा रुपन्देहीका ५ वटै क्लवहरुको उपस्थिति रहेको थियो ।
You might also like
Leave A Reply

Your email address will not be published.