Nepali News Portal

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

मानव अधिकार तथा शान्ति समाज रुपन्देही र पारदर्शी सरोकार समुह बुटवलद्वारा सचेतता र अन्तर संबाद

बुटवल । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरि मनाईएको छ । विभिन्न संघसंस्थाले कार्यक्रम गरि यो दिवस मनाएका हुन ।
बुटवलमा सचेतना कार्यक्रम
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज मानव अधिकार तथा शान्ति समाज रुपन्देही पारदर्शी सरोकार समुह बुटवलले आज बुटवलमा सचेतना मूलक कार्यक्रम गर्‍यो । जुन कार्यक्रममा सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुले भ्रष्टाचार न्यूनीकरण अभियानमा एक्यवद्धता जनाएका थिए । शुसासन प्रबर्द्धन गर्ने सन्देशमुलक प्लेकार्ड सहित विभिन्न संघसंस्थाका प्रतिनिधि तथा अधिकारकर्मीहरु सहभागी उक्त कार्यक्रममा बक्ताहरुले भ्रष्टाचार निवारण बिना मुलुकको संमृद्वि असम्भव हुनेमा जोड दिनु भयो । समाजका अध्यक्ष अर्जुन ज्ञवालीको अध्यक्षता सचिब लिलाधर लुइँटेलको संचालनमा भएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रमुख सन्तोष आचार्य, समाजका पुर्ब केन्द्रिय सभापति गोबिन्द खनाल, केन्द्रिय सचिब डिपि खनाल, वरिष्ठ पत्रकार ऋषि आजाद लगायतले भ्रष्टाचार न्यूनीकरणको लागि समाज नै सचेत हुन जरुरी रहेको बताउनु भएको थियो ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक अनुसार नेपाल १०७ औँ स्थानमा छ । यसलाई न्यूनीकरण गरि मुलुकमा सुशासन कायम गर्न अभियानकर्मीहरुले सरकारको ध्यानाकर्षण गराएका छ्न ।
“भ्रष्टाचार न्यूनीकरण गर्न सेवाग्राही र सेवाप्रदायक निकाय दुबै जिम्मेवार “
बुटवल । सार्बजनिक निकायमा हुने भ्रष्टाचार न्यूनीकरणको लागी सेवाग्राही र सेवाप्रदायक निकायमा प्रतिबद्धताको आवस्यकता औल्याईएको छ ।
पारदर्शी सरोकार समुह बुटवलले भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित अन्तर संवाद कार्यक्रममा बक्ताहरुले यस्तो औल्याउनु भएको हो । समुहका अध्यक्ष लालहरी पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रमुख सन्तोष आचार्यले समाजमा सचेतना जगाउन सकेमा भ्रष्टाचार न्यूनीकरण गर्न सकिने बताउनु भयो ।

इलाका प्रशासन कार्यालयका बुटवलका प्रमुख श्रीनाथ पौडेलले सार्बजनिक निकायलाई जवाफदेही बनाउन नागरिक समाजको भुमिका रहने बताउनु भयो । कानुन कार्यान्वयन गर्ने निकायलाई अन्जान बस भ्रष्टाचारको बढवा दिएको आफुले पाएको उहाँले बताउनुभयो । शुन्य सहनसिलतालाई आत्मसात गरेर सेवा दिनु सार्बजनिक निकायको जिम्मेवारी भएको बताउनु हुँदै उहाँले भ्रष्टाचार नियन्त्रणमा सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नु भयो ।
उच्च अदालत तुल्सीपुर बुटवल ईजलासका रजिस्ट्रार अमित उप्रेतीले ब्यक्तिमा हुने लोभका कारण भ्रष्टाचार न्यूनीकरण हुन नसकेको बताउनु भयो ।
टान्सपरेन्सी इन्टरनेश्नल नेपालका केन्द्रिय सदस्य महेन्द्र नारायण श्रेष्ठले सबैबाट भ्रष्टाचार बिरुद्धमा प्रतिबद्धता आवस्यक रहेको बताउनु भयो ।
पारदर्शी सरोकार समुह बुटवल सचिब सोनु थापाको संचालनमा भएको कार्यक्रममा संस्थाका पुर्ब अध्यक्ष अधिबक्ता महेन्द्र पाण्डे, पुर्ब अध्यक्ष दिपक ढकाल, प्याब्सनका केन्द्रिय उपाध्यक्ष टीकाराम नेउपाने, बुटवल उधोग बाणिज्य संघका अध्यक्ष हरि अर्याल, रुपन्देही ब्यापार संघ उपाध्यक्ष दया भण्डारी, रुपन्देही उधोग संघ उपाध्यक्ष हरि खत्री, इन्सेक प्रतिनिधि मानव अधिकारीकर्मी रिमा बिसी लगायतले भ्रष्टाचार न्यूनीकरण गर्ने सार्बजनिक निकाय जवाफदेही र पारदर्शि हुनुपर्नेमा जोड दिनु भयो ।

You might also like
Leave A Reply

Your email address will not be published.