Nepali News Portal

देवदह प्रेस क्लबको अध्यक्षमा पुनः पोख्रेल चयन

बुटवल । देवदह प्रेस क्लबको चौथो बार्षिक साधारण तथा दोश्रो अधिवेशनले विष्णु पोखरेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
११ सदस्यीय कार्यसमितिको खुल्ला उपाध्यक्षमा तिलोचन दहाल, समावेसी उपाध्यक्षमा कमला अर्याल र महासचिवमा निर्मल थापा चयन हुनुभएको निर्वाचन मण्डलका संयोजक भिमप्रसाद गुरुङ्गले जानकारी दिनुभयो । खुल्ला सचिवमा ध्रुव लामिछाने, समावेशी सचिवमा मिन राना र  कोषाध्यक्षमा केशवराज शर्मा पराजुली चयन हुनुभयो । समितिको सदस्यहरुमा नविन लुईटेल, पार्वती न्यौपाने, देवी पौडेल र सुरज भट्टराई चयन हुनुभएको छ ।
अधिवेशनले पूर्णप्रसाद पौडेल (पवन)को संयोजकत्वमा ३ सदस्यीय लेखा समिति गठन गरेको छ । जसको सदस्यहरुमा शिव काफ्ले र झमन थापा चयन हुनु भएको छ ।
यसैगरी अधिवेशनले विभिन्न विषयगत समिति समेत गठन गरेको छ । रामबहादुर गुरुङ्गको संयोकजत्वमा अनुशासन, झविन्द्रप्रसाद देवकोटाको संयोजकत्वमा नीति तथा परामर्श, टकबहादुर सुनारको संयोजकत्वमा क्षमता विकास र निश्चल अर्यालको संयोजकत्वमा अतिरिक्त क्रियाकलाप समिति  गठन गरिएको छ ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै देवदह नगरपालिका प्रमुख  ध्रुवप्रसाद खरेलले देवदहको विकासमा सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका हुने बताउनु भयो ।
कार्यक्रममा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, नगर प्रवक्ता गणेश डुम्रे, नागरिक समाज देवदहका संस्थापक अध्यक्ष कृष्णप्रसाद पौडेल, देवदह प्रहरी चौकीका प्रहरी निरिक्षक भिमसेन विष्ट, सञ्चारकर्मी यम राना, निर्वाचन मण्डलका सदस्य निर्मल ढुंगाना, सरस्वती बस्याल लगायतले बोल्दै सञ्चारकर्मीहरुको क्षमता विकासमा प्रेस क्लवले भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।
क्रियाशील पत्रकारिता पुरस्कार दाहाललाई
देवदह प्रेस क्लबले हरेक वर्ष प्रदान गर्ने क्रियाशील पत्रकारिता पुरस्कार देवदह साप्ताहिकका कार्यकारी सम्पादक तिलोचन दहाललाई प्रदान गरेको छ  । वि सं २०७९ सालमा स्थापना भएको पुरस्कार यो वर्ष दाहाललाई दिइएको पुरस्कार छनौट समितिका संयोजक गोविन्द घर्तीले जानकारी दिए । दहाललाई १० हजार नगद सहित पुरस्कृत गरिएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.