बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य पदमा समानुपातिक निर्वाचन तर्फबाट निर्वाचित रेवती गुरुङले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नु भएको छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सोमबार आफ्नो कार्यकक्षमा उहाँलाई सपथ ग्रहण गराउनु भयो । नेकपा एमालेबाट प्रतिनिधित्व गर्नुहुने सरिता पुनको निधन भई उक्त रिक्त पदमा रुपन्देही देवदह नगरपालिका -५ निवासी गुरुङ निर्वाचित हुनु भएको हो । प्रदेश सभा सदस्य निर्वाचन ऎन २०७४ बमोजिम २०७९ मसिर ४ गते समानुपातिक निर्वाचन प्रणाली अनुसार सम्पन्न भएको निर्वाचन एवं निर्वाचन आयोगको मिति २०८२/०८/११ गतेको निर्णय अनुसार उहाँ प्रदेश सभा सदस्य पदमा निर्वाचित हुनुभएको हो । सपथ ग्रहण पछी सभामुख घर्ती मगरले बधाई तथा शुभकामना दिदै प्रदेश सभाको गरिमा उचो राख्दै प्रदेशको हितमा बन्ने कानुन निर्माणमा सक्रिय सहभागी बन्ने अपेक्षा व्यक्त गर्नु भयो ।