Nepali News Portal

सहिद लखन थापा स्मृति दोस्रो खुल्ला भलिबल प्रतियोगिताको तयारी

बुटवल । प्रथम सहिद लखन थापा स्मृति दोस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । नेपाल युवा मगर संघ बुटवल उपमहानगर पालिका वडा नम्बर ७ को आयोजनामा दिपनगरस्थित खैल मैदानमा भोली (सोमबार)देखि प्रतियोगिता सुरु हुँदैछ ।
संघका अध्यक्ष कुमार राना मगरले मगर समुदायले हरेक वर्ष मनाउने पीतृ पूजाको अवसरमा प्रतियोगिता आयोजना गरिएको र प्रतियोगितामा ८ समुहले प्रतिस्पर्धा गर्ने जानकारी दिनुभयो । विभिन्न क्लब तथा संस्थाहरुबाट सहभागी रहने प्रतियोगितामा हरेक समुहले ३ जनासम्म राष्ट्रिय खेलाडीलाई समावेश गर्न पाउने भएकाले रोमाञ्चक प्रतिस्पर्धा हुने बताईएको छ ।
संस्थाका संरक्षक विष्णु थापा झेंडी मगरले प्रथम सहिद लखन थापालाई पीतृको रुपमा सम्मान स्वरुप प्रतियोगिता गरिदै आएको र दोश्रो संस्करण खेलाडी र दर्शनको लागि विशेष हुने बताउनु भयो ।
बुटवल उपमहानगरपालिका वडा ७ का वडा अध्यक्ष पदम गाहाले मगरहरुको पहिचान र ईतिहासलाई स्मरण गर्दै आयोजना गरिएको प्रतियोगिताले नयाँ पुस्तासम्म यस बारे जानकारी दिन सहयोग पुग्ने बिश्वास व्यक्त गर्नु भयो ।
प्रतियोगिताको विजेताले नगद ५० हजार, कप मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले ३० हजार नगद पुरस्कार प्राप्त गर्ने खेल संयोजक दिलिप थापाले जानकारी दिनुभयो । यसैगरी तेस्रो र सान्त्वना हुने समुहले क्रमशः नगद २० हजार र १० हजार पुरस्कार प्राप्त गर्नुका साथै विभिन्न विधागत रुपमा सम्मेत पुरस्कार प्रदान गरिने छ ।
बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग तथा विभिन्न दाताहरुबाट संकलित रकमबाट आयोजना गर्न लागिएको प्रतियोगिका लागि करिब १० लाख खर्च अनुमान गरिएको छ । प्रतियोगिताभर खेल हेर्नका लागि ३० सय बढी दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ । प्रतियोगितामा दर्शकले निःशुल्क अवलोकन गर्न पाउने छ्न। नकआउटका आधारमा हुने प्रतियोगिताको फाइनल खेल मंसिर १८ गते हुनेछ ।

You might also like
Leave A Reply

Your email address will not be published.