Nepali News Portal

धानको समर्थन मूल्य कार्यान्वयन गराउन दवाब

नेपालगन्ज । नेपालगञ्जमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा तालाबन्दी गरिएको छ । धानको समर्थन मूल्य कार्यान्वयन माग गर्दै राष्ट्रिय किसान सञ्जाल र नेपाल किसान महासंघले तालाबन्दी गरेको हो ।
सञ्जाल अध्यक्ष डा. प्रेम दंगालले सरकारले धानको समर्थन मूल्य घोषणा गरे पनि किसानबाट धान खरिद गर्ने प्रक्रिया अगाडि नबढाएपछि आन्दोलनमा उत्रिएरै तालाबन्दी गर्नुपरेको जानकारी दिनुभयो ।
सञ्जालले देशभरिका विभिन्न प्रदेशमा विरोध कार्यक्रम घोषणा गरेको थियो । यसको मुख्य कारण वर्षाले धान लगायत बालीमा भएको क्षतिको यकिन तथ्यांक संकलन गरी राहत कार्यक्रम ल्याउनुपर्ने र सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद गर्नुपर्ने माग हो ।

You might also like
Leave A Reply

Your email address will not be published.