Nepali News Portal

मुलुकलाई संवैधानिक निकास दिन विमर्श गरिरहेको छु: राष्ट्रपति

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले देशमा लोकतन्त्रको संरक्षण र  शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर विमर्श गरिरहेको बताउनु भएको छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै उहाले देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ भन्ने पनि आफूले विचार विमर्श एवं हर प्रयास गरिरहेको राष्ट्रपति पौडेलले बताउनु भएको हो ।आन्दोलनकारी नागरिकको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन राष्ट्रपति पौडेलले अपिल गर्नु भएको छ ।
‘र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्दछु’, राष्ट्रपति पौडेलले विज्ञप्तिमा उल्लेख गर्नु भएको छ।

 

You might also like
Leave A Reply

Your email address will not be published.