बुटवल । प्रगतिशील लेखक सङ्घ, रूपन्देहीद्वारा शनिबार “लेखन कार्यशाला” सम्पन्न भएको छ ।लेखकको सिर्जनशील चेतनालाई धारिलो बनाउने, लेखन यात्रामा थप निखारता ल्याउने उद्देश्यका साथ कार्यशाला कार्यक्रम गरिएको हो ।कार्यक्रमको पहिलो सत्रमा अग्रज कवि तथा समालोचक ऋषिराम भुसालले “कविता के हो र कसरी लेख्ने ” भन्ने विषयमा प्रस्तुति दिनुभयो ।
दोस्रो सत्रमा युवा लेखक तथा अध्येता रामचन्द्र श्रेष्ठले “लोकप्रिय लेखन एक परिचर्चा” शीर्षकमा प्रस्तुती दिदै लेखनको उद्देश्य, विषयवस्तु चयन, पाठकसँगको संवाद र लेखको प्रस्तुति शैलीलाई आकर्षक बनाउने विविध उपायहरूबारे विश्लेषण गर्दै श्रेष्ठले लेखनलाई ‘मनको संवाद र समाजसँगको उत्तरदायित्व’को रूपमा चित्रण गर्नुभयो। संघका कृष्ण गाउँलेको अध्यक्षता उपाध्यक्ष सुवास रिजालको स्वागत सचिव सचिव यज्ञलाल सुवेदीको संचालनमा सम्पन्न उक्त कार्यक्रममा दुइ दर्जन बढी स्रष्टाहरुको उपस्थिती रहेको थियो ।