Nepali News Portal

कालीगण्डकी रिडि १३२ केभी प्रसारण लाईन आयोजना अलपत्र, बजेटको पहल गर्ने सभामुखको प्रतिबद्धता

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर पाल्पाको बिद्युत आपूर्ति ब्यवस्थापनको लागी पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँले कालीगण्डकी रिडि १३२ केभी प्रसारण लाईन आयोजनाबाट बिद्युत आपूर्ति ब्यवस्थापनमा सहज हुने अपेक्षा गरिएकोमा आयोजना नै आर्थिक अभावमा गुज्रिएको अवस्थामा बजेटको लागी सामुहिक पहल गर्न आवस्यक रहेको बताउनु भयो । जिल्ला प्रशासन कार्यालय पाल्पाले आज आयोजना गरेको सर्बपक्षिय बैठकमा सभामुख घर्ती मगरले भन्नू भयो -” कर्मचारीबाट पहल भएको होला त्यसले पुगेन, पोलिटिकल पहल पनि गर्नु पर्छ, यो सरोकारको बिषय हामी सबैको हो ।” उहाँले आयोजनामा समस्या देखिएकाले सम्पन्न गर्न संघीय सरकारमा लविङ र पहलकदमी लिन आवस्यक रहेको बताउनु भयो ।
लुम्बिनी प्रदेश सभाका सदस्य वीर बहादुर रानाले साझा समस्यालाई राजनीतिक भन्दा माथी राखेर हल गर्न सकिने बताउनु भयो । पाल्पाका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुबेदीको अध्यक्षतामा जिल्लाका राजनीतिक दलका प्रमुखहरु, जिल्ला समन्वय समितीका प्रमुख ,पालिकाका प्रमुख/ अध्यक्षहरु,जिल्लाका सम्बन्धित कार्यालय प्रमुखहरुको उपस्थितिमा बसेको बैठकले आयोजनाको लागि बजेटको माग गर्ने, आयोजना संचालनको क्रममा देखिएको मुआब्जा, बन क्षेत्रका समस्या हल गर्न निर्णय समेत गरेको छ । २०७५ सालमा स्थापना गरिएको कालीगण्डकी रिडी १३२ केभी प्रसारण लाईन आयोजना सम्पन्न गर्न उधोग मन्त्रालय, अर्थ मन्त्रालय उर्जा मन्त्रालय बिद्युत प्राधिकरण बिच सम्झौता भएको थियो । आयोजना सम्पन्न गर्न १ अर्ब ४५ करोड स्वीकृत लागत रहेको छ । आयोजनाको भौतिक प्रगति ६९.६४ प्रतिशत र बित्तीय प्रगति ४५ प्रतिशत रहेपनि भुक्तानी गर्ने रकम नहुदा आयोजनाले गति लिन नसकेको कालीगण्डकी रिडि १३२ केभी प्रसारण लाईन आयोजना आयोजना प्रमुख रमेश प्रसाद पौडेलले जानकारी दिनु भयो । २०७५ सालमा स्थापना भएको यो आयोजनाले सिजि सिमेन्ट उधोग, तानसेन खानेपानी आयोजना र पाल्पा जिल्लामा बिद्युत आपूर्ति सहज बनाउने उदेश्य लिएको छ । आयोजना सम्पन्न गर्न अझै ८० करोड बजेट आवश्यक रहेको छ । चालु आ.ब . मा केही बजेट ब्यवस्था भएपनि उधोग मन्त्रालयले सहजीकरण नगर्दा निकास हुन नसकेको आयोजना प्रमुखले जानकारी दिनु भयो । बिद्युत लाईन बिस्तारको क्रममा टावर बनाउदा अर्गलीमा गूठीको सन्दर्भमा मुआब्जा र बन क्षेत्रमा केही समस्या देखिएको प्रमुख पौडेलले बताउनु भयो ।
अहिले पाल्पामा बुटवलबाट ३३ केभीको वैद्युत लाइनबाट आपूर्ति ब्यवस्थापन गरिएको छ । बुटवल ३३ केभि पाल्पा आउदा घटेर २८.५ केभी सम्म झर्ने गरेकाले बिद्युत सामाग्री नचल्ने समस्या देखिएको छ । आयोजनाले कालीगण्डकी जलविद्युतबाट लाईन बिस्तार गर्ने गरि काम सुरु गरेको हो । यसले बिद्युत आपूर्तिमा सहज हुने अपेक्षा गरिएको छ । नेपाल बिधुत प्राधिकरण बितरण तथा ग्राहक सेवा निर्देशनालय ,लुम्बिनी प्रादेशिक कार्यालय पाल्पा बितरण केन्द्रका प्रमुख ई दिलिप मरासिनीले पाल्पामा बिद्युतका ग्राहक ४० हजार ८ सय ४४ रहेको र बिद्युतको माग बढेको जानकारी गराउदै पाल्पामा १३३/३३/११ केभी को सबस्टेशन नबनाउदा सम्म माग पूरा गर्न नसकिने बताउनु भयो ।

You might also like
Leave A Reply

Your email address will not be published.