Nepali News Portal

सर्वोदय बचत तथा ऋण सहकारीको साधारण सभा

बुटवल । बुटवल स्थित सर्वोदय बचत तथा ऋण सहकारीको ११औं साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष लेखमान श्रेष्ठको अध्यक्षता
उपाध्यक्ष जय प्रकाश भट्टराईको स्वागत सचिव हुमकान्त काफ्लेको संचालनमा भएको कार्यक्रम प्रमुख अतिथी बुटवल उपमहानगर पालिका सहकारी अधिकृत गुणाखर खनाल,जन प्रतिनिधी राधा पौडेल, सल्लाहकार ज्ञानु केसी लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो ।
संबिधान दिवसको अवसर पारेर आयोजना गरिएको साधारण सभामा बोल्ने अतिथिहरुले सहकारीले अर्थतन्त्र सुधारको लागी काम गरेको बताउनुभयो । उहाँहरुले पछिल्लो समय केहि खराब सहकारीले गर्दा राम्रो सहकारीलाई समेत आक्षेप लगाउने कार्य भएकोले त्यसलाई रोक्न बचतकर्तालाई सजक बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।
साधारणसभामा लेखा प्रतिबेदन लेखा संयोजक टंक रावतले पेश गर्नु भयो । अध्यक्ष श्रेष्ठले प्रस्तुत गर्नु भएको प्रतिबेदन र कोषाध्यक्ष माया ज्ञवालीले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिबेदन साधारणसभाले पारित गएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.