Nepali News Portal

आवाज सहकारीको साधारणसभा , सहकारीलाई बलियो बनाउन संस्थाको सुशासनलाई हेरिनु पर्छ : शर्मा

बुटवल । बुटवल स्थित आवाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं साधारणसभा सनिबार सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्नुहुँदै  राष्ट्रिय सहकारी बोर्डका सदस्य सचिब डा. खगराज शर्माले संस्थालाई  बलियो बनाउन बासलात भन्दा पनि सुशासनलाई हेरिनु पर्ने बताउनु भयो । सहकारीमा समस्या नभई अभियानमा केहि छिटा लगाउन खोजेको बताउनु हुँदै त्यसलाई  सबै मिलेर हटाउनु सकिने बताउनु भयो । सहकारीको बेथितिलाई समयमै ब्यवस्थापन गर्न नसक्दा सहकारीमा केहि छिटा देखीएको उहाँको भनाई छ । सहकारी  समाजबादी अर्थतन्त्रको  मुख्य आधारशिला  भएको बताउनुहुदै उहाँले छरिएर रहेको स- सानो पुजीलाई  एकीकृत गरि रोजगारी सिर्जना गर्ने बाताबरण बनाउन सुझाव दिनु भयो ।  सबै सहकारीलाई  एउटा घानमा राखिदा राम्रो सहकारीलाई अन्याय हुने भएकाले विधि पद्वती बाहिरका सहकारीलाई सहि दिशामा ल्याउन पहल गरिने बताउनु भयो ।

रुपन्देही बचत तथा ऋण सहकारी संघ रुपन्देहीका अध्यक्ष  बसन्त प्रसाद ढकालले समस्याग्रस्त केही सहकारीले सहकारी अभियानलाई गतिहीन बनाउन खोजे त्यो सफल नहुने बताउनु भयो ।  सहकारीका सदस्यहरुको सजकता र कृयाशिलताले सहकारीलाई  विधि र पद्वतीबाट चलाउन दिशानिर्देश गर्ने र सहकारी अभियानलाई सहयोग पुग्ने उहाँले बताउनु भयो । पहुँचको आधारमा सहकारीको रकम हिनामिना हुने गरेको बताउदै उहाँले उदेश्य अनुरुप सहकारी चलेको छ या छैन भन्नेमा शेयर सदस्य सचेत हुनुपर्ने बताउनु भयो ।
निवर्तमान अध्यक्ष बाबुराम बन्जाडेले शेयर सदस्यको क्रियासिलताले आवाज सहकारीले सफलता हासिल गरेको बताउनु भयो । काठमाडौंमा सहकारी  खोलेर सेवा केन्द्रको रुपमा रुपन्देही आएका आगन्तुक सहकारीका कारण  नराम्रो सन्देश  गएको बताउनु हुदै त्यस्ता बिकृतीलाई सबैले मिलेर हटाउन सकिने बताउनु भयो ।

साधारण सभामा संस्थाका अध्यक्ष जीवन प्रसाद अधिकारीले प्रतिबेदन प्रस्तुत गर्नुहुदै प्रतिकुल अवस्थामा पनि अघिल्लो बर्षको तुलनामा बासलातलाई ३.१६ प्रतिशत वृद्धि गरी २३ करोड ६५ लाख पुर्याएको जानकारी दिनु भयो । त्यसै गरि संस्थाको पुजी वृद्धि गरिएको र बचत र कर्जामाउल्लेखनीय प्रगति गरेको बताउनु भयो ।

सहकारीका अध्यक्ष जीवन प्रसाद अधिकारीको अध्यक्षता, सचिब बालकृष्ण पाण्डेको संचालन तथा उपाध्यक्ष मिनराज भुसालको स्वागतमा भएको कार्यक्रममा लेखा समितिका संयोजक राजिव गौतमले  लेखा समितीको प्रतिबेदन प्रस्तुत गर्दै सहकारी निति नियम र मापदण्ड पुरा गरि संचालन भएको पाइएको बताउनु भयो ।

सहकारीले साधारणसभाको अवसरमा सहकारीको प्रबर्द्धनको लागि पत्रकारिताको माध्यमबाट योगदान दिएकोमा बुटवल दुडेमा कार्यरत  पत्रकार माया केसीलाई नगद सहित आवाज उत्कृष्ट पत्रकारिता पुरस्कारबाट  पुरस्कृत गरिएको छ । त्यसै गरि उत्कृष्ट शेयर सदस्य  धन कुमार भट्टराई, उत्कृष्ट  ऋणि राम गोपाल चौधरी , उत्कृष्ट बाल बचत तर्फ युनिका थापा ,उत्कृष्ट कर्मचारी तर्फ  उजेला श्रेष्ठ सम्मानित हुनु भएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.