Nepali News Portal

पठन संस्कृतिको बिकास गर्न जरुरी : सभामुख

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले पठन संस्कृतिको बिकासको अभावमा भाषा लिपि कला साहित्य क्षेत्र ओझेलमा परेको बताउनु भएको छ । लुम्बिनी वाडमय प्रतिष्ठान रुपन्देहीले आयोजना गरेको प्रेस स्वतन्त्र सेनानी नारायण पौडेल द्वारा लिखित लुम्बिनी कपिलवस्तु अभियान र अभिलेख समिक्षा कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले पठन संस्कृतिको बिकास गर्न प्राज्ञहरुले अभियान संचालन गर्न जरुरी रहेको बताउनु भयो । कला साहित्यको संरक्षण र प्रबर्द्धनको लागी प्रज्ञा प्रतिष्ठान सम्बन्धि ऎन बनाउन तयार रहेकोे बताउनु हुँदै उहाँले त्यसको पहल कदमीको अगाडी बढ्न सुझाव दिनु भयो । उहाँले प्रदेश सभा सदस्यहरुलाई पठनमा अभिरुचि जगाउन आफुले प्रेरित गरेको बताउनु हुँदै आम नागरिकहरुमा पठन संस्कृतिको बिकास गर्न बौद्धिक बर्ग लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा वरिष्ठ पत्रकार , साहित्यकार ब्याक्तित्वहरु डा बालकृष्ण चापागाईं, बुद राना, झपेन्द्र जिसी, दिल साहनी,दल बहादुर गुरुङ , अर्जुन ज्ञवाली , डिआर घिमिरे, रुद्र ज्ञवाली , सरु ज्ञवाली, इन्दिरा अर्याल , उत्तम कुमार पराजुली , दिपक ज्ञवाली , पदम बहादुर कार्की , ज्ञानु केसी, गङ्गाराम घिमिरे टेकराज पौडेल, लुम्बिनी बाङमय प्रतिष्ठानका लुम्बिनीका अध्यक्ष ऋषि आजाद , रुपन्देही जिल्ला उपाध्यक्ष कृष्ण गाउँले लगायतले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रचार प्रसारमा पत्रकार पौडेलको योगदान महत्त्वपूर्ण रहेको बताउनु भएको थियो । उहाँहरुले स्थानीय तह र प्रदेशमा ललितकला प्रज्ञा प्रतिष्ठान गठन गरि भाषा, कला, साहित्यको संरक्षण गरिनु पर्नमा जोड दिनु भएको थियो । लेखक नारायण पौडेलले पुस्तक प्रकाशन एउटा प्रयास मात्र भएको बताउनु भयो ।

You might also like
Leave A Reply

Your email address will not be published.