Nepali News Portal

क्षेत्री समाज नेपाल लुम्बिनी प्रदेशमा पृथ्वी फौदारको अध्यक्षतामा नयाँ नेतृत्व

बुटवल । क्षेत्री समाज नेपाल लुम्बिनी प्रदेशको साधारणसभा तथा दोश्रो अधिबेशनले पृथ्वी फौदारको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा प्रेम बानियाँ, महिला उपाध्यक्षमा शान्ता अर्याल क्षेत्री , उपाध्यक्षमा भरत प्रताब क्षेत्री , सचिबमा अर्जुन कुँवर, कोषाध्यक्षमा पदम प्रताव जिसि, सह सचिबमा कृष्ण थापा निर्बाचित हुनुभएको छ । त्यसै गरि सदस्यहरुमा लक्ष्मी बस्नेत, मिना जिसि, तेजराम भण्डारी , चन्द्रबहादुर केसि, धर्म बहादुर कुँवर, बाबुराम महत, शान्ता भण्डारी , दिपा भण्डारी डागि, वसन्त गोदार, शिला कार्की , हरिजंग रायमाझी, राम बहादुर पोख्रेल , अमर बहादुर पराजुली, सन्त बहादुर खत्री , हेम राज पोख्रेल, सन्तबहादुर बर्मा, प्रतिभा कार्की, पितम केसी , र पार्बती भण्डारी रहनु भएको छ । त्यसै गरी लेखा समिती संयोजकमा नारायण बहादुर रायमाझी निर्बाचित हुनुभएको छ । समाजको बिधान अनुसार प्रदेशका १२ जिल्लाका अध्यक्षहरु पदेन सदस्य र १० जना मनोनीत गरि ६५ जना सम्मको प्रदेश समिती बनाउन सकिने प्रावधान छ । अध्यक्ष भक्तबहादुर कार्कीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष मेयर सिंह कुँवरको स्वागत तथा सह सचिब अर्जुन कुँवरको संचालनमा भएको अधिबेशनको समाजका केन्द्रिय अध्यक्ष प्रा.डा. दिल बहादुर क्षेत्रीले गर्नु भएको थियो । कार्यक्रममा वरिष्ठ न्यायाधीश तेजबहादुर कार्की, लुम्बिनी प्रदेशका मुख्य न्यायधिबक्ता डा. बुद्ध बहादुर थापा , केन्द्रिय उपाध्यक्ष बिष्णु बहादुर कार्की , केन्द्रिय उपाध्यक्ष कृष्ण बहादुर थापा , महासचिव केश बहादुर केसी, केन्द्रिय सदस्य अनिता अधिकारी , लेखा संयोजक शंकर केसी , रुपन्देहीका अध्यक्ष गुप्त बहादुर केसी , सिद्धार्थनगरका नगर अध्यक्ष मिलन बस्नेत लगायतका अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । साधारणसभाले अध्यक्ष, सचिब र कोषाध्यक्षको प्रतिबेदन पारित गरेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.