Nepali News Portal

बस दुर्घटना हुदा ७ जनाको मृत्यु र ३७ जना घाइते (नामावली सहित )

काठमाडौं । धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीमा आज बिहान भएको बस दुर्घटनामा परी घाईते हुनेहरुको पहिचान खुलेको छ । लुम्बिनीको पडरीया देखि काठमाण्डौ जादै गरेको लु २ ख २१२१ नम्बरको बस आज बिहान ४.४० बजे दुर्घटना हुदा ७ जनाको मृत्यु र ३७ जना घाइते भएका थिए ।
घाइतेमध्ये १४ जनाको काठमाडौंमा उपचार भैरहेको छ भने अन्यको गजुरी अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाईतेहुनेमा नेपाली सहित भारतिय र दुई बिदेशी नागरीक पनि रहेका छन् ।

उपचारका लागि काठमाडौं पठाइएका घाइतेहरू
बुटवल–३ की ५६ वर्षीय शान्ती पौडेल ,  लुम्बिनी सांस्कृतिक नपा–६ का ३५ वर्षीय सैयद आमद अलि , लुम्बिनी स.न.पा.– १मधुवनी का २५ वर्षीय मोहमद आशिफ , लुम्बिनी स.न.पा.–१२ का १८ वर्षीय रामनिवास लोध ,  लुम्बिनी स.न.पा.–१२का २२ वर्षीय केदारनाथ लोध,  २२ वर्षीय अशोक यादव,  २७ वर्षीय राकेश लोध, काभ्रे पाँचखालका ३४ वर्षीय सुरेश सुनार, २१ वर्षीया रवि प्रसाद राजपुत, काठमाडौं गोकर्णेश्वर नपा–८ का ५४ वर्षीय जनक बन्जारा,काठमाडौंको चन्द्रागिरि नपा–१० का ५१ वर्षीय धुर्ब महर्जन,  भारतको उत्तरप्रदेशका ३० वर्षीय टिकुरी चौधरी रहेका छन् ।

गजुरी अस्पताल प्रालिमा उपचाररत घाइतेहरू
गैडहवा गाउँपालिका–५ रुपन्देहीका २८ वर्षीय दिलिप कुमार चमार, गैडहवा गाउँपालिका–५ रुपन्देहीका ५७ वर्षीय बाबुराम हरीजन, रुपन्देहीका वर्षीय विवश राज श्रेष्ठ र बिरेन्द्र राज श्रेष्ठ,  लुम्बिनी सा.न.पा.–१२ का १८ वर्षीय बलिराम लोध,  ७ वर्षीय मुक्ति नारायण नाँउ, ४० वर्षीय रमेश नेपाली,५ वर्षीय काव्य नेपाली,  कोटहीमार्ई गाउँपालिका १की ३५ वर्षीया निर्मला नाँउ,  लुम्बिनी सा.न.पा.का –४ का ३१ वर्षीय अबदुल्ला मुसलमान, गैडहवा गाउँपालिका ५ का १८ वर्षीय रमेश चमार,  नमोबुद्ध नगरपालिका–८ का २० वर्षीय उत्तम तामांग,  ट्राफिक कार्यालयका प्रहरी जवान २६ वर्षीय शिशिर न्यौपाने,  २८ वर्षीया कुसुम ढुंगाना, वालिङ नगरपालिका– ९का ४७ वर्षीय भविश्वर गैरे,झिमरुक गाउँपालिका ६ का २१ वर्षीय संजय भुसाल, तातोपानी गाउँपालिका ९ का २६ वर्षीय सोनाम डोल्मा शेर्पा, भारत उत्तरप्रदेशका ३८ वर्षीय अखिलेश कुमार बानिया,नमोबुद्ध– ८ का २९ वर्षीय बिराज लामा,  तातोपानी गाउँपालिका –९ का ४७ वर्षीय गगन तामांग, सेन्दुक शेर्पा रहेका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भएका घाइतेहरु
लुम्बिनी सा.न.पा –२ का ४० वर्षीय ओमप्रकाश यादव, लुम्बिनी सा.न.पा –६ का ३० वर्षीय अबिमल्लाह मुराउ, बुटवलका २३ वर्षीय दया बानियाँ, सुनवल नगरपालिका ४ का २३ वर्षीय राजु नेपाली,रम्भादेवी गाउँपालिका –१ का १८ वर्षीय नवीन अर्याल रहेका छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.