Nepali News Portal

गजल

गजल
सोचे जस्तो जीवन नहुन सक्छ
मान्छेमा आफ्नोपन नहुन सक्छ

संघर्षको फल नै त उत्कृष्ट हो
जुन सजिलै आगमन नहुन सक्छ

विचार गर्नु, भर नपर्नु कसैमा पनी
खोजे जस्तै रहनसहन नहुन सक्छ

कम बोल्दैमा उस्लाई जान्दैन नसोच्नु
उस्को बढी बोल्ने चलन नहुन सक्छ ।।
✍️रिता खराल,रुपन्देही

You might also like
Leave A Reply

Your email address will not be published.