Nepali News Portal

गुल्मीमा २३७.२ मेगावाटको लोअर वडिगाढ जलाशययुक्त जलविधुत आयोजनाको अध्ययन

गुल्मीमा २३७.२ मेगावाटको लोअर वडिगाढ जलाशययुक्त जलविधुत आयोजनाको अध्ययन
जोहाङ(गुल्मी ) । गुल्मी जिल्लाको बडिगाढ खोलामा जलाशययुक्त जलविद्युत आयोजनाको प्रारम्भिक अध्ययन शुरु गरिएको छ । नेपाल सरकार उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय विधुत विकास विभागले यसको सम्भाव्यता अध्ययन गरिरहेको छ ।
कालीगण्डकी नदीको मुख्य सहायक नदीको रूपमा रहेको बडिगाड खोलामा बन्ने यो आयोजना नेपालको ऊर्जा क्षेत्रमा एउटा महत्वपूर्ण परियोजना हो। यसलाई गुल्मी जिल्लाको आर्थिक र प्राविधिक विकासमा कोसेढुङ्गा मानिएको छ ।
यो योजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) कार्य भइरहेको छ। लुङ्दी खोला बडिगाडमा मिसिने स्थान भन्दा केही तल मुख्य बाँध निर्माण गर्ने प्रस्ताव गरिएको छ।
आयोजना निर्माण गर्दा मजुवा लगायतका तटीय क्षेत्रका बस्तीहरूमा पर्ने प्रभावको बारेमा बाताबरणीय प्रभाव मुल्यांकन बारेमा बिभागबाट काम भईरहेको र छलफल पनि भएको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज खत्रीले जानकारी दिनु भयो । बाँध निर्माण भएपछि बडिगाड खोलाको माथिल्लो तटीय क्षेत्रमा ठूलो जलाशय बन्नेछ ।
बिभागले २३७.२ मेगावाटको लोअर वडिगाढ जलाशययुक्त जलविधुत आयोजनाको बाताबरणीय प्रभाव मुल्यांकन प्रतिबेदन सम्बन्धी सार्वजनिक सुनुवाई गरिसकेको छ । जिल्लाका ७ वटा पालिका प्रभावित हुने यस आयोजनाको बढी प्रभावित क्षेत्र चन्द्रकोट गाउँपालिका रुपाकोट र मजुवाको नदी तटिय क्षेत्र हो ।
आयोजनाले विस्थापित हुन सक्ने परिवारहरूलाई उचित मुआब्जा र पुनर्बासको व्यवस्था गर्ने सरकारी योजना छ । सार्वजनिक सुनुवाइमा प्रभावित क्षेत्रका वासिन्दाहरुले जलविद्युत आयोजना सफल बनाउन सहयोग गर्ने तर उचित मुआब्जा दिनु पर्ने माग गर्नु भएको छ ।
यो आयोजना ‘जलाशययुक्त’ भएकोले यसको बहुउपयोगी महत्त्वको छ। सुख्खायाममा हुने विद्युत अभावलाई पूर्ति गर्न यो जलाशययुक्त आयोजना निकै प्रभावकारी हुनेछ। जलाशय निर्माण भएपछि आसपासका क्षेत्रमा सिंचाइ सुविधा पुग्ने र व्यावसायिक माछापालनको सम्भावना खुल्ने अपेक्षा गरिएको छ ।त्यसै गरि सडक सञ्जालको विस्तार, रोजगारीको सिर्जना र स्थानीय पर्यटनमा वृद्धि हुनेछ। आयोजनाको डिजाइन अनुसार बाँधको उचाइ करिब १९५ मिटर हुने अनुमान गरिएको छ।

 

You might also like
Leave A Reply

Your email address will not be published.