नेकपाको समानुपातिकमा सबै नयाँ अनुहार
बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा र राष्ट्रिय सभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका कसैलाई पनि समानुपातिक सूचीमा नराख्ने निर्णय गरेको छ ।
पार्टी शीर्ष नेतृत्वबीच सहमति भए अनुसार यसअघि प्रत्यक्ष वा समानुपातिकबाट निर्वाचित भएकाहरूलाई यसपटक सिफारिस नगरीने नेतृ रेखा शर्माले जानकारी दिनुभयो ।
आज सोमबार समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा बुझाउने अन्तिम दिन रहेको छ । उम्मेदवार सिफारिस सूची तयार गर्दा सबै नयाँ अनुहार पठाउने निर्णय भएको नेकपाले जनाएको छ ।
निर्वाचन आयोगमा समानुपातिक सूची बुझाउने आज अन्तिम दिन हो । दिउसो ३ बजे सम्म श्रम संस्कृति पार्टी लगायत केही पार्टीले समानुपातिक उम्मेदवारको सुची बुझाएका छ्न ।