Nepali News Portal

लुम्बिनी सिटी कलेजमा विद्यार्थी सम्मान तथा तीज विशेष कार्यक्रम 

बुटवल । तिलोत्तमा ०१ ड्राइभरटोल स्थित लुम्बिनी सिटी कलेजमा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ।

कलेजमा सञ्चालित B.Sc.CSIT, BITM, BCA कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूलाई सहभागी गराई तीज गीत नृत्य तथा दर खुवाएर तीज विशेष कार्यक्रम गरिएको हो। कलेज प्रमुख प्रा.डा. गणेश प्रसाद पाठक को अध्यक्षतामा सम्पन्न कार्यक्रममा तिलोत्तमा नगरपालिका १ का वडा अध्यक्ष फर्शुराम गिरीको प्रमुख आतिथ्यता रहेको थियो भने कलेजका सञ्चालक समिति सदस्य हरिहर भण्डारी तथा प्राध्यापनरत प्राध्यापकहरूको आतिथ्यता रहेको कार्यक्रममा B.Sc.CSIT कार्यक्रमका कोर्डिनेटर सुजन ढकालले स्वागत गर्नुभएको थियो भने सहायक क्याम्पस प्रमुख नारायण प्रसाद भुसालले कलेजको वर्तमानसम्मको उपलब्धि र भविष्यको कार्यदिशाका विषयमा प्रष्ट पार्नुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि फर्शुराम गिरीले हरितालिका तीजको अवसरमा शुभकामना दिँदै तिलोत्तमा १ मा बन्न लागेको कलेजको भवनको शीघ्र सम्पन्नताको कामना गर्नुभएको थियो। कार्यक्रममा त्रिविद्वारा भर्खरै प्रकाशित विभिन्न सेमेस्टरको नतिजामा लुम्बिनी प्रदेश प्रथम हुन सफल किशोर पाण्डे, अविनाश श्रेष्ठ र प्रकृति सिंह लगायत नेसनल ह्याकाक्याथोन प्रतियोगितामा प्रथम हुन सफल आयुष चापागाईं विवेक भुसाल वर्षा पन्थी र सुप्रिया श्रेष्ठलाई सम्मान समेत गरिएको थियो।

कार्यक्रम बुटवल सुक्खानगर स्थित आम्रपाली कटेजमा भएको थियो भने त्यसको सञ्चालन कलेजका लेखा शाखा प्रमुख कृष्ण भुषाल तथा विद्यार्थी कल्पित नेपालले गर्नुभएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.