Nepali News Portal

स्कलर्स होम मा कविता वाचन प्रतियोगिता सम्पन्न

बुटवल।स्कलर्स होम बोर्डिङ्ग सेकेण्डरी स्कुलले हरेक शुक्रबारीय कार्यक्रम अन्तर्गत कविता वाचन प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कक्षा४देखि १० सम्मका ८० बढी विद्यार्थीको सहभागिता रहेको सूचना विभाग प्रमुख नेत्रप्रसाद भट्टराईले जानकारी दिनु भयो ।प्रतियोगीतामा कक्षा ४र ५बाट रिदम गिरी प्रथम ,बार्विका बञ्जाडे द्वितीय र प्रिन्सी भट्टराईले तृतीय स्थान प्राप्त गरे थिए भने अभिन्न्या भण्डारी र सफलता आचार्यले सान्त्वना स्थान प्राप्त गरे ।त्यसै गरी कक्षा ६ र ७ बाट सचेत पन्थी प्रथम नेविसा भण्डारी द्वितीय,सुप्रिम अर्याल तृतीय र आरूषी भण्डारीले सान्त्वना स्थान प्राप्त गरेका थिए ।त्यस्तै सिनियर तर्फबाट श्लेसा शर्मा प्रथम,एन्जिला बञ्जाडे द्वितीय र रीति भण्डारीले तृतीय स्थान प्राप्त गरेका थिए

नेत्रप्रसाद भट्टराई ,सावित्रा गौतम र सीता शाहीले निर्यायकको भुमिका निर्वाह गर्नुभएको थियो । विद्यालयका सह प्राचार्य टीकाराम गौतम प्रमुख अतिथि , प्रमुख प्रशासकीय अधिकृत लोकप्रसाद भण्डारी विशिष्ट अतिथिरहेको उक्त कार्यक्रममा विद्यालय संयोजक शोभारानी प्रधान ,सुरेन्द्र थापा ,सिर्जना गौतम लगायतका शिक्षक शिक्षिकाले कार्यक्रममा सहजीकरण गर्दे यस्ता खाले कार्यक्रम ले बिद्यार्थीहरुमा रहेको वाक कला र साहित्यमा रुची भएका बिधार्थीहरुको लागी उत्साहका साथ अगाडी बढ्नका लागी बिशेष भुमिका खेल्ने बताउनुभयो । कक्षा १० कि छात्रा प्रिन्सेस महतकोअध्यक्षतामा रहेको कार्यक्रम शिक्षक दिलकुमारी उपाध्याय र अतिरिक्त क्रियाकलाप प्रमुख मनुकान्त क्षेत्रीले सञ्चालन गर्नुभएको थियो ।

उक्त कार्यक्रम मार्फत स्कलर्स होम साहित्य बाटिकाकी अध्यक्ष श्लेसा शर्माले विद्यालयमा छात्राहरूको समस्यालाई बुझेर कक्षामा उठाउने गरेको शुल्कले सेनिटेरी प्याडको निस्शुल्क व्यवस्था गरेको र यसमा कक्षा शिक्षकको निकै ठुलो सहयोग रहेको बताएकी थिइन्

You might also like
Leave A Reply

Your email address will not be published.