बुटवल ।
लायन्स क्लब अफ बुटवल शुभश्रीले डस्टविन वितरण तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । दिपनगर स्थित शुभ श्री अटिजम केयर सेन्टरमा ३ थान डस्ट्वीन वितरण गरेको हो। आप कागती लिची लगायतका बिभिन्न प्रजातिका १०वटा बिरुवाहरु रोपेको शुभ श्री अटिजम केयरका संचालक तथा लायन्स क्लब का अध्यक्ष ला. बिन्दु अर्याल ले जानकारी दिनुभयो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी लायन्स डिस्टिक को चिफ एड्भाइजर एम .जे. एफ ला.सिता भट्टराइले क्लब मार्फत नै समाज सेवामा अग्रसर रहेर सेवाभाव सहित सिक्दै नयाँ योजनाका साथ अगाडी बढ्नुपर्ने बताउनु भयो।
एरिया चिफ कोर्डिनेटर तथा गाइड्लाइनर ला. कृष्ण प्रसाद पाण्डे एक्टेन्सन् चियर प्रशन रिजन चियर प्रशन एम जे एफ ला . कमला जोशी एरिया चिफ कोअर्डिनेटेर लगायतले बोल्नुभएको थियो।क्लब का अध्यक्ष बिन्दु अर्याल को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम क्लबका सचिव अस्मिता पन्थीले गर्नुभएको थियो।