Nepali News Portal

इनरह्वीलद्धारा शैक्षिक सामाग्री वितरण

बुटवल ।इनरह्वील क्लव अफ बुटवल जितगढीले शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । रक्षाबन्धनको अवसर पारेर शुक्रबार बुटवल नगरपालिका स्थित बदेलपोखरीमा रहेको जितेश्वरी मा.वी बुटवलमा अध्ययनरत निम्न आय भएका २० जना बिधार्थीहरुलाई शैक्षिक सामाग्री कापी  पेन्सिल लगायतका सामाग्री बितरण गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बिद्यालयका प्रधानाध्यापक उपेन्द्र ज्ञवालीले परोपकारी सेवा भावले क्लबले गरेको यो सहयोगले नानिबावुहरुलाई प्रोत्साहन उर्जा हौसला मिलेको बताउनुभयो । आउदा दिनमा पनी यस्तै सद्भाव र सहयोगको अपेक्षा राखेको बताउदै क्लवलाई धन्यबाद दिनुभयो। कार्यक्रममा संस्थापक अध्यक्ष उमा अर्याल ढकाल , अध्यक्ष डिलकुमारी भट्टराई “ यशोदा“ ,अतिथी नमस्ते किड्स एकेडेमिका सरु थपा लगायतले बोल्नुभएको थियो । क्लवका उपाध्यक्ष गिता पन्तको स्वागत डिलकुमारी भट्टराइ “यशोदा“को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम सचिव रिता घिमिरे लामिछानेले संचालन गर्नुभएको थियो । महिलाहरु मात्र रहेको उक्त क्लवले बिभिन्न सामाजीक कार्यहरु गर्दै आइरहेको छ ।

 

You might also like
Leave A Reply

Your email address will not be published.