Nepali News Portal

स्कलर्स होममा अभिभावन कार्यक्रम

बुटवल । स्कलर्स होम बोर्डिङ सेकेण्डरी स्कुलमा अभिभावक लक्षित कार्यक्रम सम्पन्न भएको छ । ‘सकारात्मक अभिभावकत्व र समुन्नत शिक्षा’ शीर्षकमा केन्द्रित कार्यक्रममा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै अभिभावक संघ, रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले वर्तमान शिक्षा प्रणालीमा अभिभावकहरूको भूमिका झनै महत्वपूर्ण बन्दै गएको भन्दै विद्यालय र परिवारबीचको सहकार्य बालबालिकाको समग्र विकासका लागि अपरिहार्य रहेको बताउनुभयो।

कार्यक्रममा प्रमुख वक्ता लाईभ एजुकेसनका प्रशिक्षक दिनेश खड्काले ‘आर्ट अफ प्यारेन्टिङ’ विषयमा प्रभावशाली प्रस्तुति दिनुभएको थियो । ।कार्यक्रममा बिट्रिस काउन्सिलका लुम्बिनी प्रदेश प्रमुख पुष्पान्जलि बरालले बालमैत्री शिक्षा प्रणाली र शिक्षण विधिका नव आयामहरुको अभिभावकलाई जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनहरि बश्याल, सहायक प्राचार्य टिकाराम गौतम लगायतले बोल्नुभएको उक्त कार्यक्रममा प्रशासन प्रमुख लोकप्रसाद भण्डारी राजु लेअभिभावक समक्ष विद्यालयको नीति, कार्यशैली र आगामी योजना प्रस्तुत गर्नुभयो ।कार्यक्रममा विद्यार्थीको प्रस्तुति, अन्तरक्रिया र सम्मानको पनि व्यवस्था गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले वार्षिक कार्ययोजना अनुसार अभिभावक लक्षित विशेष कार्यक्रम गर्दै आएको बताउनुभयो ।एम्स क्लब अफ म्यानेजमेन्टका प्रमुख दीपक ढकाललेअभिभावक–विद्यालय सहकार्यलाई अझ मजबुत बनाउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो ।

You might also like
Leave A Reply

Your email address will not be published.