बुटवल। सञ्चारीका समुह रुपन्देहीको आयोजनामा लौङ्गिक समानता र समावेसी सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।लौङ्गिक समानता र समावेसी सम्बन्धी पत्रकार महिलाको क्षमता अभिवृद्धि तालिम बुटवलमा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै उपमहानगर पालिकाका नगर प्रमुख खेलराज पाण्डेले निर्बाचित भएको तीन बर्षमा बुटवलको ठूलो समस्या रहेको ज्योतिनगर पहिरो व्यवस्थापन , उज्यालो बुटवल प्रथमिकतामा रहेको र काम निरन्तर रहेको भन्दै बुटवलको हितमा काम गरेको दावी गर्नुभयो। बुटवल उपमहानगरपालिकालाई रचनात्मक सुझाव दिन बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले आग्रह गर्नुभयो ।कार्यक्रममा संचारीका समुह रुपन्देहीका निबर्तमान अध्यक्ष निरु गौतम , पत्रकार महासंघ रुपन्देहीका सचिव सिपी खनाल , बुटवल उपमहानगरपालिका राजस्व शाखा प्रमुख रोसन रेग्मी लगाएतले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम अध्यक्ष मीना ढकालको अध्यक्षता, उपाध्यक्ष अस्मिना पाण्डेको स्वागत तथा सचिव पुजा पन्थीको संचालनमा सम्पन्न भएको थियो ।