Nepali News Portal

अभिमुखीकरण सम्पन्न

बुटवल ।
नवीन औद्योगिक कदरवहादुर रिता मावि देवीनगर बुटवलमा कक्षा १२ को बोर्ड परीक्षा सम्पन्न गरेका विद्यार्थीहरूको ओजेटी सम्बन्धी अभिमुखीकरण कार्यक्रम विद्यालयमा सम्पन्न भएको छ ।
उक्त अवसरमा राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारीले प्राविधिक शिक्षाबाट विद्यार्थीको सीप ,बजार र जीवनसँग जोड्ने सैद्धान्तिक ज्ञान प्राप्त हुने बताए । उनले देशमा सडक, पुल र पावर हाउस लगायतका मेगा प्रोजेक्ट निर्माणको क्रममा समेत रहेकोले विद्यार्थीहरूसीपयुक्त भएमा विद्यार्थीहरूलाई श्रम बजारले समेत खोज्ने हुँदा लगनशील ,अनुशासित भएर सिप सिक्न आग्रह गरे ।
बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख उपनिर्देशक टिकाराम पन्थीले प्राविधिक धार कक्षा ९–१२ विद्यार्थीहरूलाई श्रम बजारसँग जोड्न र स्वरोजगार सिर्जना गर्नको लागि अति महत्वपूर्ण बिदा भएको बताउँदै विद्यार्थीहरूले प्राप्त गरेको ज्ञानलाई ओजेटी मार्फत सीपमा निखार ल्याउने भएकोले विशेष महत्वका साथ ओजेटी गर्न सुझाव दिए ।
बुटवल उपमहानगरपालिका युवा खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रमुख उपनिर्देशक कोपिला ज्ञवाली, सिभिल इन्जिनियरिङ कक्षा ११, १२ का संयोजक इन्जिनियर बिमल अर्याल, कक्षा १२ कि विद्यार्थी वर्षा भुसाल, नवीन विद्यार्थी क्लबका अध्यक्ष सुभाष पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतको अध्यक्षतामा कक्षा ७ की छात्रा समिता गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

You might also like
Leave A Reply

Your email address will not be published.