बुटवल । सामजिक कार्यमा अग्रसर रहेका रुपन्देहीका इनरह्वील क्लवहरु मिलेर अटिजम सचेतना कार्यक्रम सम्पन्न गरेका छन् । इनरह्वील क्लव अफ जितगढी इनरह्वील क्लव अफ मिडटाउन बुटवल र इनरह्वील क्लव अफ तिलोत्तमाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिका ११ का वडा अध्यक्ष रामचन्द क्षेत्रीले महिलाहरुमात्रको क्लवहरुले गरेको जनचेतनामूलक कार्यक्रमको उच्च प्रशंशा गदै आगामी दिनमा यस्ता सचेतनामुलक सामाजिक कार्यलाई निरन्तरता दिन पनी आग्रह गर्नुभयो ।
कार्यक्रमका प्रशिक्षक डाक्टर शान्ता शर्माले सामान्य अवस्थाभन्दा फरक अवस्था अटिजम भएको बताउँदै हरेक व्यक्ति यसप्रति सचेत हुन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रम इनरह्वील क्लव अफ बुटवल जितगढीका अध्यक्ष दिलकुमारी भटटराईको अध्यक्षता,इनरह्वील क्लव अफ तिलोत्तमाका अध्यक्ष सिता चालिसे को स्वागत इनरह्वील क्लव अफ मिडटाउन बुटवलका अध्यक्ष राधिका रिजालको समापन गर्नुभएको उक्त कार्यक्रमको संचालन रिता लामिछाने घिमिरेले गर्नुभएको थियो ।