बुटवल । गुल्मेली सम्पर्क समाज रुपन्देहीको १७ औं साधारणसभा तथा सातौं अधिवेशनले डा. नारायण प्रसाद पन्थको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ। जसको प्रथम उपाध्यक्षमा हेम थापा, द्वितीय उपाध्यक्षमा कविता अर्याल ,उपाध्यक्षमा लक्ष्मण ज्ञवाली ,महासचिवमा राजेन्द्र कुँवर ,कोषाध्यक्षमा बोमलाल भण्डारी ,सचिवमा भोज खत्री ,सहकोषाध्यक्षमा अर्जुनबहादुर कुँवर ,तथा सदस्यहरूमा तुलसीराम कंडेल ,लक्ष्मण अर्याल ,सिर्जना मरासिनी ,मोतिलाल गौतम ,लक्ष्मी श्रेष्ठ ,मन्दिरा शर्मा ,माधवप्रसाद ज्ञवाली र कविराज श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भयो ।
यस अघि अधिबेशनको उद्घाटन गर्नुहुदै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले सरकारले विनियोजन गरेको बजेटको आधारमा रहेर सकेसम्म धेरै नागरिकलाई विकास र समृद्धि प्रदान गर्ने बताउनु भएको थियो ।
समाजले समाज सेवाका हिसाबले प्रसंसनीय काम गर्दै आएको बताउनुहुँदै उहाँले यस संस्थामा रहेको निर्माणधीन भवन निर्माण , आवतजावत गर्ने सडक लगायतका क्षेत्रमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो
उहाँले अहिले गाउँबाट सहर र सहरबाट विदेश बस्ने लहर चलेकोले यसलाई रोक्नका लागि सडक पूर्वाधार ,विद्यालय ,अस्पतालहरू गाउँ -गाउँमा पुगेको र कृषिलाई व्यावसायिकतामा जोड्ने योजनाहरू अगाडि सारेर कार्यान्वयनमा लागेको बताउनु भयो ।
गुल्मेलीहरू राजनीतिक, शैक्षिक, व्यावसायिक, स्वास्थ्य ,समाजसेवा हरेक तह र तप्कामा अग्रपंक्तिमा रहेको देख्दा खुशी लाग्ने उहाँले बताउनु भयो । सम्पर्क समाजका अध्यक्ष डा.नारायण प्रसाद पन्थको अध्यक्षतामा स्वागत प्रथम उपाध्यक्ष कृष्णप्रसाद भण्डारीको स्वागत, महासचिव कृष्णप्रसाद पोखरेलको संचालनमा भएको कार्यक्रममा बोल्दै गुल्मी जिल्ला समन्वय समितिका सदस्य सुनिता जिसीले सम्पर्क समाजले गरेका कामहरु उदाहरणीय रहेको बताउनु भयो । कार्यक्रममा सल्लाहकारहरु लोकनाथ उपाध्याय , टिकाराम शर्मा धिमिरे , ओमी पुन , ऋषि भण्डारी लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो ।
गुल्मीबाट रुपन्देहीमा आइ बसोबास गरेका गुल्मेलीहरुले जेष्ठ नागरिक मिलन केन्द्र ,छोरी शिक्षा कार्यक्रम ,श्रृङ्गेश्वर धाम निर्माण गरि गुल्मेलीहरुलाई भावनात्मक रुपमा समेत जोडने गरि कार्यक्रम संचालन गरिएको अध्यक्ष डा पन्थले जानकारी दिनु भयो ।
You might also like