Nepali News Portal

ज्ञानपुञ्जमा ‘द लुमिना’ म्यागेजिनको विमोचन

बुटवल – बुटवल १३ स्थित ज्ञानपुञ्ज इंगलिश बोर्डिङ स्कूलले द्धिमासिक पत्रिका ‘द लुमिना’ को विमोचन गरेको छ । बरिष्ठ साहित्यकार तथा समालोचक ऋषिराम भुसालले एक समारोहका विच शैक्षिक तथा साहित्यिक पत्रिका ‘द लुमिना’ को विमोचन गर्नु भयो । विद्यालय तहबाटै पठन संस्कृतीलाई जर्गेना गर्न तथा शिक्षक विद्यार्थीलाई समेत लेखनतर्फ अग्रसर गराउने उदेश्यले ज्ञानपुञ्जले म्यागेजिन पत्रिकाको प्रकाशन प्रारम्भ गरेको हो । विमोचन कार्यक्रममा बोल्दै बरिष्ठ सहित्यकार भुसालले पत्रिकाले सिर्जनात्मक अभिव्यक्ति कलाको विकास गर्ने बताउनु भयो  । उहाँले पत्रिकाको प्रकाशनले विद्यार्थीहरुमा सृजनात्मक क्षमतासँगै सहिष्णु वातावरणको विकास समेत गर्ने बताउनु भयो  । समालोचक समेत रहेका भुसालले कम्तीमा दिनका एक छाक बच्चाहरुसँगै खाना खान समेत अभिभावकहरुलाई आग्रह गर्नु भयो ।

‎यस्तै द लुमिनाका सल्लाहकार तथा लेखक अध्येता रामचन्द्र श्रेष्ठले विद्यार्थीको सिकाईलाई पत्रिका प्रकाशनले बलियो बनाउन सहयोग गर्ने बताउनु भयो ।केही विद्यालयहरुमा रोवर्टसँगै विद्यार्थी नाँचेको भिडियो आइरहेको तर्फ संकेत गर्दै अध्येता श्रेष्ठले रोवर्टसँग नाच्ने होईन रोवर्ट कसरी बनाउने भन्नेबारेमा सिकाउन जरुरी रहेको बताउनु भयो।

‎कार्यक्रममा अभिभावक तथा समाजसेवि दिनानाथ भट्टराईले म्यागेजिनको निरन्तरताको कामना गर्दै पठक संस्कृतीको जग अभिभावकहरुले बसाल्नुपर्ने बताउनु भयो । यस्तै विद्यालयका प्रचार्य शंकर भण्डारीले पत्रिका प्रकाशनले शिक्षक विद्यार्थीको लेखन प्रतिभा प्रस्फुटन गर्नुका साथै विद्यालयलाई समुदायसँग जोड्ने विश्वास व्यक्त गर्नु भयो। उहाँले समाजका समस्या बुझ्न र संस्कृती निर्माण गर्नका लागि पठन संस्कृतीको खाँचो रहेको बताउनु भयो  । प्राचार्य भण्डारीले आफूहरुले विद्यार्थीको सिकाई दीगो बनाउन द लुमिना म्यागेजिनसँगै भित्ते पत्रिका, घरघरमा पुस्ताकालय स्थापना, विद्यालयमा खुल्ला पुस्तकालय, विद्यार्थीका लागि लेखनसिप तालिम जस्ता सृजनात्मक कार्यक्रम गरिरहेको जानकारी दिनु भयो ।

‎विमोचन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद भट्टराई, सहप्राचार्य भिम बस्नेत, म्यागेजिनका प्रमुख सम्पादक कृष्ण पाण्डेय, शिक्षक सरिता जिसि लगायतले बोल्नु भएको थियो । अंग्रेजी भाषाका ८० र  नेपाली भाषाका २० प्रतिशत बिषयबस्तुहरु समावेश गरिएको छ ।

<span;>‎

You might also like
Leave A Reply

Your email address will not be published.