बुटवल ।
नेपाल उद्योग व्यापार महासंघ, जिल्ला शाखा रूपन्देहीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ। भेलाले नयाँ कार्यसमितिको चयन गर्दै व्यवसायीहरूको हकहितकामा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। प्रथम भेलाबाट गोविन्द गैरे अध्यक्षमा निर्वाचित भएका छन्।
त्यस्तै, लोकनाथ पन्थी उद्योग उपाध्यक्ष र दिपेन्द्र सुवेदी वाणिज्य उपाध्यक्ष पदमा चयन भएका छन्। महासचिवमा प्रकाश अधिकारी , सचिव नेत्र रुचाल , कोषध्यक्षमा कृष्ण मरासीनी ,सहकोषध्यक्ष तुल्सीराम भण्डारी र सदस्य अमृत बहादुर फुल्देल ,रक्मागत खनाल ,प्रताप परियार ,दोमन बाराल ,सपना ठकुर लगायत २१ सदस्यी निर्वाचत भएका छन ।
भेलामा नव निर्वाचित अध्यक्ष गोविन्द गैरेले व्यवसायीहरूको समस्या समाधान गर्दै उद्योग तथा व्यापार क्षेत्रको विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए। उनले रूपन्देहीलाई व्यापारिक हबको रूपमा स्थापित गर्न रुपन्देहिमा रहेका सबै संघसंस्थाहरु सगँ समन्वय सहकार्यमा महासंघको सक्रिय भूमिका रहने उल्लेख गरे।
रूपन्देही जिल्लाको उद्योग तथा व्यापार प्रवर्द्धनमा महासंघको यो नयाँ नेतृत्वले उल्लेखनीय योगदान दिने नवनिर्वाचित अध्यक्ष गैरेले प्रतिबद्धता जनाए । भेलामा उद्योग, वाणिज्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, संघसंस्थाका प्रतिनिधि तथा व्यापारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।