बुटवल ।
रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसको अनुसन्धान व्यवस्थापन समिति (Research Management Cell )ले राष्ट्रिय स्रोतको रूपमा संस्कृति (National Seminar on “National Culture as a Resource”) विषयक २ दिने राष्ट्रिय गोष्ठी आज (सोमबार) सम्पन्न गरेको छ । गोष्ठीमा नेपालको दिगो विकाश गर्न नेपालकै मौलिक संस्कृतिलाई बहुउपयोग गर्न सकिने सम्भावना सहितका विभिन्न विधाका कार्यपत्र प्रस्तुत गरिएका थियो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालको अध्यक्षतामा भएको राष्ट्रिय गोष्ठीमा राममणि बहुमुखी क्याम्पस सहित त्रिभुवन विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले शोधपत्र प्रस्तुत गर्नुभएको थियो ।
व्यवस्थापन विषयसँग सम्बन्धित शोधपत्र माथि प्रा.डा. गणेशप्रसाद पाठक, अर्थशास्त्र विषयसँग सम्बन्धित शोधपत्र माथि प्रा.डा. बाबु राम ज्ञवाली र भाषा तथा कला साहित्य विषयका माथि प्रा.डा. कपिलदेव लामिछानेले टिप्पणी गर्नुभएको थियो ।
राष्ट्रिय गोष्ठीमा डा. अशोक भण्डारी, राजेन्द्र थापा, अर्पण श्रेष्ठ, माया घिमिरे, कमल थापा, राजु भुसाल, कृष्णकुमार रेग्मी, शेरबहादुर शाही लगायतका शोधपत्र प्रस्तुत गर्नुभएको थियो ।
त्यसअघि हिजो (आइतबार) प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरेले गोष्ठीको उद्घाटन गर्दै प्राज्ञिक विकाशका लागि क्याम्पसले उत्कृष्ट प्रयास गरेकोमा आफू हर्षित भएको बताउनुभयो । प्राज्ञिक बहसबाटै समाजलाई सही दिशाबोध गराउँदै दिगो विकाश तर्फ अघि बढ्न सकिने समेत उहाँले उल्लेख गर्नुभयो ।
सोही अवसरमा मुख्य वक्ताहरू (प्भथ ल्यतभ क्उभबपभचक) नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. जगमान गुरूङ्, त्रिभुवन विश्वविद्यालय अँग्रेजी विभागका पूर्व प्रमुख एवम् ‘सेरिड’का पूर्व निर्देशक प्रा.डा. कृष्णचन्द्र शर्मा भण्डारी र त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका सहप्राध्यापक डा. टीकाराम गौतमले नेपालमा उपलब्ध विविध मौलिक संस्कृतिको बहुउपयोगबाट नेपालको समुन्नति हासिल हुनसक्ने उल्लेख गर्नुभएको थियो ।उपप्राध्यापक मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुली, महाकवि देवकोटा क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्ण लामिछाने र न्यू लाईट कलेजका सञ्चलक समिति अध्यक्ष धर्मराज पौड्याल, अनुसन्धान व्यवस्थापन समितिका अध्यक्ष डा. अशोक भण्डारी लगायतले बोल्दै संस्कृतिको सदुपयोग सम्बन्धी प्राज्ञिक प्रयत्नबारे चर्चा गर्नुभएको थियो ।