बुटवल । छन्दवादी समाज नेपालद्वारा आयोजना गरिएको पूर्वीय र पाश्चात्य छन्दसम्बधी गाेष्ठी तथा दुर्गा वेदाङ्ग संस्कृत विद्यापीठद्वारा आयोजना गरिएको परमानन्द काव्यरस वाहिनी कार्यक्रम सम्पन्न भएको छ ।
विद्यापीठका प्रचार्य नारायण प्रसाद भट्टराईकाे सञ्चालन, अध्यक्ष चन्द्रमणि पाैडेलकाे सभापतित्व र वरिष्ठ साहित्यकार प्रा.डा कपिलदेव लामिछानेकाे प्रमुख आतिथ्यमा सम्पन्न भयाे । छन्दवादी समाज नेपालका निवर्तमान अध्यक्ष निर्दाेष पाण्डेकाे विशेष अतिथ्य रहेकाे उक्त कार्यक्रममा छन्द शास्त्रका समख्याता कविराज पाैडेलले पूर्वीय र पाश्चात्य छन्दकाे तर्कपूर्ण व्याख्या प्रस्तुत गर्दै हामीले पिङ्गल छन्दप्रति गाैरव गर्नुपर्ने बताउनुभयो । आचार्य पिङ्गललाई वैश्विक छन्दविकासका आदि गुरु मान्दै उनकाे सम्मानमा युनेस्कोले अन्तराष्ट्रिय छन्द दिवस घाेषणा गर्नुपर्छ र यसका लागि छन्दवादी समाज नेपालले पहलकदमी लिइरहेकाे छ- पाैडेलले बताउनुभयाे।साे कार्यक्रममा संस्कृत विद्यापीठका दुई दर्जनभन्दा बढी कविले कविता, गीत, गजल, मुक्तक र एउटा नाटक प्रस्तुतसमेत प्रस्तुत गरे । बेलुका ८ बजेबाट आरम्भ भएको साे कार्यक्रम ११ बजेसम्म चलेकाे थियाे भने विद्यापीठका सयाैँ विद्यार्थी तथा सयौं नगरबासीसमेत ध्यनमग्न भएर काव्यरसपान गरिरहेका थिए । कार्यक्रमकाे अन्तमा प्रस्तुत शिव ताण्डव नृत्यले सबैभन्दा बढी राेमाञ्चक तथा आकर्षक रहेकाे थियोे ।