Nepali News Portal

राष्ट्रिय परोपकार महासंघको महायज्ञ सुरू


रूपन्देही । राष्ट्रिय परोपकार महासंघले आइबार श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ २०८१ को समुद्घाटन  भएको छ ।राष्ट्रिय परोपकार महासंघ नेपालले रूपन्देही जिल्ला कार्यसमितिको तत्वावधानमा आयोजित परोपकार कुञ्जधाम निर्माणमा सबै परोपकारी मनहरूलाई सहभागी गराउने उद्देश्यले आयोजना गरेको महायज्ञ फाल्गुन ०४ गते देखि ११ गतेसम्म सञ्चालन हुने यज्ञ मूल आयोजक समितिका संयोजक हरिध्वज मल्लले जानकारी दिनुभयो ।
महायज्ञ उद्घाटन पूर्व सुरू भएको शोभा कलश यात्रा बुटवल(१५ मुक्तिधाम हरिहर मन्दिरदेखि सुरू भएको थियो भने हेलिकोप्टरबाट पुष्पवृष्टि समेत गराइएको थियो । ५ हजारभन्दा बढी व्यक्तिहरूको सहभागीता रहेको शोभा कलश यात्रामा ९४ टोलीको उत्साहजनक उपस्थिति रहेको थियो । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री मा बद्रीप्रसाद पाण्डेले महायज्ञको समुद्घाटन गर्दै मन्त्री पाण्डेले सनातन धर्म संस्कृतिको जर्गेना मानव सभ्यतासँग जोडिएको बताउनुभयो । महासंघका राष्ट्रिय अध्यक्ष भागवत भाष्कर कमलनयन गौतमको परिकल्पनालाई सार्थक बनाउन जुट्नुभएका सबैलाई आभार व्यक्त समेत गर्नुभयो

महायज्ञमा उद्घाटन समारोहमा आइतबार सहभागी हुँदै ओमसतिया गाउँपालिका रूपन्देही निवासी रूद्रप्रसाद घिमिरेले १ लाख १५ हजार ५ सय ५५ रूपैयाँ परोपकार कुञ्ज धाम निर्माणका लागि दान गर्नुभएको छ ।तिनाउ गाउँपालिका प्रदीपनगर निवासी चिन्तामणी चालिसेले परोपकार कुञ्ज धाम निर्माणका लागि १५ हजार ५ सय ५५ रूपैयाँ, त्यस्तै तिनाउ गाउँपालिका ढालानन्द चालिसेले १५ हजार ५ सय ५५ रूपैयाँ दान गर्नुभएको हो । तिनाउ गाउँपालिका क्या.होम कुमार के।सीले ५५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल उपमहानगरपालिका ध्वज मल्लले ५५ हजार ५ सय ५५ रूपैयाँ दान गर्नुभएको हो । रूपन्देही बुटवल उपमहानगरपालिका ( १२ डिलबहादुर कार्कीले ५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल उपमहानगरपालिका ( १२ नयाँ गाउँ निवासी इश्वरा अर्याल भुसालले २ हजार ५ सय ५ रूपैयाँ दान दिनुभएको छ । त्यस्तै बुटवल उपमहानगरपालिका ( १४ स्थित मिलिजुली आमा समूहबाट परोपकार कुञ्ज धाम निर्माणका लागि ५ हजार ५ सय ५५ रूपैयाँ दान प्राप्त भएको छ ।
राष्ट्रिय परोपकार महासंघले रूपन्देही शाखामा परोकार कुञ्ज धाम निर्माण गर्ने उद्देश्यले सुरू महायज्ञ फागुन ११ गतेसम्म सञ्चालन हुनेछ । लक्ष्यवर्ती दीप प्रज्जवलन फागुन १० गते शनिबार हुने र पूजा एवम् परायण प्रत्येक दिन बिहान ७ बजेदेखि र कथा प्रवचन बिहान ११ बजेदेखि ४ बजेसम्म, आरती प्रत्येक दिन बेलुका ४ बजे, प्रसाद ग्रहण बेलुका ४ः३० बजेसम्म सञ्चालन भैरहेका छन् ।

महायज्ञ उद्घाटन समारोहमा मन्त्री पाण्डेसँगै राष्ट्रिय परोपकार महासंघ नेपालका परिकल्पनाकार, संस्थापक भागवत भास्कर कमल नयन गौतम, मानवसेवा आश्रमका केन्द्रीय संस्थापक अध्यक्ष रामजी अधिकारी, वास्तुविद् वरिष्ठ ज्योतिष वासुदेव कृष्ण शास्त्री, बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डे, नगर प्रवक्ता तथा वडा न १५ का अध्यक्ष शिव राना,महायज्ञका अध्यक्ष हरिध्वज मल्ल,तुल्सीराम भण्डारी,धर्मराज शर्मा,मिना जिसी लगायतको उपस्थिति रहेको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.