बुटवल । इनरह्विल क्लब अफ जितगढीले नेतृत्व बिकास प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।क्लवले आफ्ना नियमित कार्यक्रम अन्तरगत यो कार्यक्रम गरेको हो
प्रमुख अतिथी क्लवका संस्थापक अध्यक्ष उमा अर्यालले यो कार्यक्रम सामुहिक उदेश्य प्राप्तीको लागी आँट सिप कला प्रस्तुत गरेर काम गर्न , आफुभित्र निहित क्षमतालाई उजागर गर्न मद्दत पुगने बताउनुभयो।
क्लवका अध्यक्ष दिलकुमारी भट्टराइले क्लवले आफ्ना नियमित कार्यक्रम अन्र्तगत यो कार्यक्रम गरेको बताउदैे यस्ता कार्यक्रमले क्लवका सदस्यहरुको व्यक्तीत्वमा थप निखार आउने साथै हौसला प्रदान गर्ने बताउनुभयो।
क्लवका सचिव रिता घिमिरेको संचालन इडिटर बिमला अधिकारीको स्वागतमा सम्पन्न उक्त कार्यक्रमको प्रशिक्षक हेमा न्यौपाने रहनुभएको थियो कार्यक्रममा एक दर्जन बढी सदस्यहरुको उपस्थिती रहेको थियो।
क्लवले बिभिन्न सामाजीक कार्यहरु गर्दे आइरहेको छ ।