देउखुरी । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले राप्ती उपत्यकाको बिकासको प्रचुर सम्भावना रहेकाले यसलाई योजनाबद्ध रुपमा बिकास गर्न जरुरी रहेको बताउनु भएको छ । राप्ती गाउँपालिका- १ भलुवाङमा अवस्थित धार्मिक पर्यटकीय क्षेत्र हनुमानगढि मन्दिर जिर्णाेद्वारको लागी आयोजित श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ -२०८१को आज सोमबार उद्घाटन गर्नु हुँदै उहाँले प्रदेशको राजधानी बुटवलबाट राप्ती उपत्यकामा सर्नु नै यसको भविष्य सुनौलो रहेको बताउनु भयो । उहाँले भन्नू भयो-” प्रदेश राजधानी बुटवलबाट यहाँ आएको छ । यहाको ऎतिहासिक धार्मिक पर्यटकीय बिकासको सम्भावना छ, गुरुयोजना बनाउनुहोस सहकार्य गर्न प्रदेश सरकार र प्रदेश सभा प्रतिबद्ध छ ।”
उहाँले २ सय बर्ष पुरानो ब्यापारिक केन्द्र भालुवाङ बजारलाई कस्तो बनाउने भन्ने कुरा स्थानियकै हातमा रहेको बताउनु हुँदै यस क्षेत्रको बिकासको लागी गुरुयोजना बनाउन सुझाव दिनु भयो । सभामुख घर्ती मगरले राजधानी आएपछी यहाँको ढिलो चाडाे प्रगति भएको बताउनु हुँदै बिरुवालाई हुर्केन समय लागे जस्तै राम्रो काम बन्न केहि समय लाग्न सक्ने बताउनु भयो ।
उहाँले पबित्र उदेश्य सहित सुरु गरिएको धार्मिक कार्यले पुर्णता पाउने बताउनुहुदै धार्मिक गतिविधिले मानिसलाई अनुशासनमा राख्न सहयोग पुग्ने बताउनु भयो । महायज्ञ ब्यवस्थापन समितीका संयोजक रोमलाल बिष्टको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले धार्मिक अनुष्ठान कार्यले मानिसलाई सकारात्मक उर्जा दिईरहने बताउनु हुँदै राजधानीको बिकासको लागी संघ प्रदेश र स्थानीय तहको सहकार्य र स्थानीयको तत्परता आवस्यक हुने बताउनु भयो ।
You might also like