बुटवल ।अखिल नेपाल महिलासंघ (क्रान्तीकारी) जिल्ला समन्वय समिती रुपन्देहीले बुटवलमा युवा महिलाको प्रथम भेला सम्पन्न गरेको छ । भेलाले कुमारी घर्ती मगरको संयोजकत्वमा २१ सदस्सीय कार्गसमिती चयन गरेको हो जसमा सह– संयोजक हुमकला झाक्री (वीरता )सचिव राजकुमारी चौधरी सदस्यहरुमा छवी बि.क , कल्पना परियार ,सपना राना , धनमाया थापा भगवती सलामी शान्ता आचार्य सरिता चापागाँइ करुणा थारु,कल्पना कुश्मी यमकुमारी चौधरी सिता परियार लगायत रहनुभएको छ ।
भेलामा प्रमुख अतिथी रुपन्देही जिल्ला इन्चार्ज सोनिया यादवले महिलाका हरेक मुद्दामा आफू सदैव अगाडी रहेको र महिलाहरुले पाएको अवसरलाई उपयोग गर्दै हिम्मत जुटाएर हरेक ठाँउमा महिलाहरु अघी बढ्नुपर्ने बताउदै नयाँ समितीलाइ शुभकामना दिनुभयो। अनेम संघ( क्रान्तीकारी )का जिल्ला इन्चार्ज रिज्जु श्रेष्ठले आफूलाई महिला भएकोमा गर्व गर्नुपर्नेे बताउदै हरेक समस्यालाई चिरेर मैदानमा उत्रीयो भने सफलता प्राप्त हुने बताउनुभयो ।
भेलामा अनेमसघ क्रान्तीकारी प्रदेश सचिव टिका वली अखिल महिलासंघ क्रान्तीकारी जिल्ला संयोजक दिपिका शर्मा सारदा घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको संचालन बसन्ता खनाल सुप्रीयाले गर्नुभएको थियो ।