Nepali News Portal

शिक्षा दिवसमा स्कलर्स होमका ढाई सय विद्यार्थीलाई सम्मान

बुटवल ।

स्कलर्स होम बार्डिङ स्कुल बुटवलले राष्ट्रिय शिक्षा दिवस विविध कार्यक्रम गरेर मनाएको छ । ज्ञान, विज्ञान, ,सीप र मौलिकता साझेदारी र प्रणालीगत सक्षमता भन्ने मूल नारा सहित स्कलर्स होमले शिक्षा दिवस मनाएको हो । दिवसका अवसरमा विद्यार्थीको प्रतिभा प्रस्फुटन कार्यक्रमसँगै ढाई सय विद्यार्थीहरुलाई सम्मान कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरूको वक्तृत्वकला, गायन, नृत्य, हस्तलेखन, निबन्ध, चित्रकलालगायतका विद्यार्थीको अन्तरनिहीत प्रतिभाको प्रदर्शन तथा प्रोत्साहन कार्यक्रम गरिएको विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले जानकारी दिनुभयो । उक्त कार्यक्रमहरुमा उत्कृष्ट बनेका विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै प्राचार्य बन्जाडेले विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन गर्दै सीप र कलामा दक्ष बनाउनका लागि विद्यालयले विभिन्न समयमा कार्यक्रम गर्दै आएको बताउनुभयो ।

उहाँले शिक्षाको महत्व र शैक्षिक गुणस्तरीयता सम्वन्धि विषयमा कार्यक्रममा छलफल गरिएको समेत बताउनुभयो ।  कक्षा नर्सरीदेखि कक्षा १० सम्म निरन्तर आफ्नो शैक्षिक गतिविधिलाई अगाडि बढाउने १२ जना विद्यार्थीहरूलाई पनि कार्यक्रममा विशेष सम्मान गरिएको थियो । विद्यालयको ब्लक ए संयोजक कमला पाण्डे र प्रदीप देवकोटाको सञ्चालनमा भएको कार्यक्रममा विद्यालयका लेखा अधिकृत राजु भण्डारीको अध्यक्षता र विद्यालयका प्राचार्य बन्जाडेको  प्रमुख आतित्यता रहेको थियो । अतिरिक्त कृयाकलाप प्रमुख मनोकान्त क्षेत्री र ब्लक बि संयोजक शोभा रानी प्रधान लगायतले कार्यक्रमको समन्वय गर्नुभएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.