Nepali News Portal

अखिल क्रान्तिकारी लुम्बिनीको प्रदेश सम्मेलन घोराहीमा

दाङ । नेकपा (माओवादी केन्द्र)को विधार्थी सङ्गठन अखिल नेपाल रास्ट्रीय स्वतन्त्र विधार्थी युनियन क्रान्तिकारीको दोस्रो लुम्बिनी प्रदेश सम्मेलन घोराहीमा सुरु भएको छ ।
सङ्गठनका प्रदेश उपाध्यक्ष भिमराज खरेलको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको प्रमुख आतिथ्यमा सम्मेलन शुरु भएको हो । सम्मेलनको उद्घाटन गर्नुहुदै नेता महराले विद्यार्थी मोर्चा पार्टीको खम्बा भएको बताउनु हुँदै विद्यार्थीलाई राजनितिक बिचारमा स्पष्टता पार्नु पर्ने बताउनु भयो ।
२८ गते सम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । लुम्बिनी प्रदेशका १२ जिल्लाका विद्यार्थी दाङको घोराहीमा भेला भएका छ्न । सम्मेलनमा १२ जिल्लाका ३ सय ९१ जना प्रतिनिधि सहभागी छन । प्रतिनिधिहरूले नयाँ नेतृत्व संगै शैक्षिक आन्दोलनका विषयमा पनि छलफल भएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.