Nepali News Portal

त्रिभुवन विमानस्थलबाट सुनसहित २ जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा प्यूठानको सरुमारानी गाउँपालिका–१ बाङ्गेसार घर भएका ३१ वर्षीय समीर अहमद र खोटाङ दिप्रुङ चुइचुम्पा गाउँपालिका–५ घर भएका ३० वर्षीय देवराज खत्री रहेका छन् ।

उनीहरुलाई विमानस्थलको आगमन कक्षको पार्किङ एरियाबाट सोमबार प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेकामध्ये समीर हिमालय एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएका व्यक्ति हुन् । उनले ५४ ग्राम सुन ल्याएको प्रहरीले जनाएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.