Nepali News Portal

नेवारी संस्कृति जोगाउन लाखे नाच

नेवारी संस्कृति जोगाउन लाखे नाच
बुटवल । नेवारी संस्कृतिको संरक्षण गर्ने उदेश्यले रैनादेबी मिलन चोक नेवा : देयु रैनादेबीदेबि छहरा ३ पेलाबास पाल्पाले बुटवलमा लाखे नाच देखाएको छ । बुटवल ११ देबिनगर चौपारीमा बिहिवार साझ लाखे हेर्नको भिड थियो । नेवा : देयु लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष बाबुराम श्रेष्ठले आदिवासी जनजाति नेवार समुदायको मुख्य नाच लाखे नाच भएको बताउनु हुँदै यसको संरक्षणमा लाग्न जरुरी रहेको बताउनु भयो । उहाँले अन्य समुदायको कला संस्कृति संरक्षण गर्न नेवा समुदायले गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले कला संस्कृति देशको अमुल्य गहना भएको बताउनु भयो ।
संस्थाका सचिब एक प्रसाद श्रेष्ठ देबिनगर, गोलपार्क , शंकरनगरमा लाखे नाच देखाएको जानकारी दिनु भयो । कला संस्कृतिको संरक्षणको लागी ४० जनाको समुहमा ठाँउ ठाँउमा नाच देखाइएको उहाँले बताउनु भयो । अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले नेवा देयुले कला संरक्षणको लागि अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्ने प्रयास गरेको बताउनु भयो ।

You might also like
Leave A Reply

Your email address will not be published.