बुटवल । नानीबाबुहरुको जन्मदिन मनाउने अभिभावहरुको ठुलो चाहना हुन्छ । हुन त बुढेसकालमा समेत ठुलो खर्च गरि भब्य रुपमा जन्मदिन मनाउने पनि छ्न । तर साना बाबुनानीको जन्मदिनको बेग्लै खुसी हुन्छ अभिभावकको लागी । धेरैले घरमा होइन अहिले पार्टी प्यालेस र महगो होटलमा जन्मदिन मनाउने गरेको पनि पाईन्छ । जन्मदिनमा मानव कल्याणकारी पुन्य काममा भन्दा पनि रमाइलोमा खर्च गर्ने प्रचलन बढदै गएको छ ।
अर्घाखाँची छ्त्रदेब गाउँपालिका वडा न ८ अर्घातोष स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी प्रतिभा घर्ती श्रेष्ठले भने आफ्नी छोरीको जन्म दिनमा बुटवलको मानव सेवा आश्रममा सहयोग गरी मनाउनु भएको छ । उहाँको छोरी समानता श्रेष्ठ आज १ बर्ष पूरा हुनुभयो । उहाँले आश्रममा आश्रीत ४८ जनालाई सप्रेम भोजन सेवा गर्नु भएको हो । “थोरै भए पनि सहयोग होस भनेर मानव आश्रममा नानीको जन्मदिन मनाईयो ।” उहाँले भन्नू भयो- बुटवलमा आएर आश्रममा जन्मदिन मनाउदा खुसी लागेको छ।”
सुनवल नगरपालिका -४ नवलपरासी निवासी प्रतिभा श्रेष्ठ स्थायी अनमी पदमा स्वास्थ्य चौकीमा बिगत ५ महिनादेखी कार्यरत हुनुहुन्छ ।
मानव सेवा आश्रमका जिल्ला सह-संयोजक रिना थापाले नानी समानतालाई जन्मदिनको अवसरमा सु स्वास्थ्य दीर्घायुको शुभकामना दिनुहुँदै अभिभावकलाई धन्यवाद दिनु भयो । उहाँले विभिन्न अवसरमा प्राप्त हुने ब्यक्तिगत सहयोग र ब्यक्ति तथा सहयोगी संघसंस्थाको सहयोगबाट आश्रम संचालन गरिएको बताउनु भयो । “अरु ठुलो श्रोत केही छैन यस्तै कार्यक्रमबाट आश्रम चलाउन सहयोग मिलेको छ । ” उहाँले भन्नू भयो ।
You might also like