जनताका गुनासा सरकारले सुनुवाइ गर्छ :मुख्यमन्त्री
राष्ट्रिय स्वाधीनताकाे विचारलाई आत्मसात गर्नु पर्छ : सभामुख
पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनताका गुनासाहरु प्रत्येक्ष रुपमा सरकारले सुनवाइ गर्ने बताउनु भएको छ । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले मंगलबार पाल्पामा आयाेजना गरेकाे सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बाेधन गर्दै सेवा प्रवाहमा हुने ढिला सुस्ति बारे नागरिक तहबाट हुने गुनासाेलाई प्रदेश सरकारले सुनुवाइ गर्ने बताउनुभयो । प्रदेश सरकारका मन्त्रालय, विभाग, निर्देशनालय तथा जिल्ला तहमा रहेका कार्यालयहरुमा अनिवार्य रुपमा गुनासाे पेटिका राख्ने र त्यसकाे प्रभावकारी कार्यान्वयन गर्न आग्रह गर्नु भयो । भ्रष्टाचार न्यूनिकरणका लागि पाँच बर्षे रणनीतिक कार्ययाेजना निर्माण, उपभोक्ता समितिकाे नाममा काम लिने र ठेकेदार मार्फत काम गर्ने प्रवृत्ति निरुत्साहित गर्न पाँच लाख माथिका याेजना ठेक्का मार्फत कार्यान्वयन गर्दैछाैं´उहाँले भन्नुभयो-`यसरी प्रदेश सरकारले नागरिक तहमा बढ्दै गएकाे निरासाहरुलाइ चिर्दै आशामा बदल्न खाेजेकाे छ ।´ मुख्यमन्त्री र मन्त्रीहरुलाइ आचारसंहिताकाे बन्धनमा राखिएकाे, जसबाट मन्त्रीकाे जिल्ला भ्रमणमा हुने फजुल खर्च नियन्त्रण हुने विश्वास व्यक्त गर्नुभयो ।`मुख्यमन्त्री, मन्त्रीहरुले के गर्न हुने, के गर्न नहुने भनेर आचारसंहिताको निर्माण गरेका छाैं । आँटका साथ आचारसंहिता जारी गरेर कार्यान्वयन गरेका छाैं´उहाँले भन्नु भयो `अनावश्यक भ्रमण गरेर प्रदेश सरकारलाई आर्थिक भार थाेपर्ने प्रवृत्ति राेक्न खाेजेका छाैं ।´ पाल्पा जिल्लाकाे समग्र विकासका लागि प्रदेश सरकारले १ अर्ब ६५ कराेड बजेट पुजीगत आयाेजना लागि बिनियाेजन भएको जानकारी दिनुभयो। मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले भगवती रथ यात्रालाई महत्त्व दिएकाे, सार्वजनिक विदा दिएर सम्मान गरेकाे बताए ।`प्रदेशले गाैरवकाे पर्व मानेकाे छ । मन्दिर पुनर्निर्माण गर्ने जिम्मेवारी सरकारले लिन्छ । उच्च प्राथमिकतामा राखेर काम गर्छ´उहालेभन्नुबह्यो-`मन्दिरकाे पुनर्निर्माण प्रदेश सरकारकाे जिम्मेवारी र दायित्व हाे ।´ नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रिखिराम रानाकाे अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीले राष्ट्रिय स्वाधीनताकाे विचारलाई आत्मसात गर्नुपर्ने बताउनु भयो। राष्ट्रिय पर्वकाे मान्यता दिन आवश्यक रहेकाे, रणउजेरिश्वरी मन्दिरकाे लागि पुनर्निर्माणकाे लागि प्रयाप्त बजेट सुनिश्चित गर्न आवश्यक रहेकाे बताउनु भयो । उहाँले सामाजिक अराजकता बढ्दै गरेकाे प्रति चिन्ता व्यक्त गर्नुभयो ।पत्रकार महासंघ पाल्पाका संस्थापक अध्यक्ष तथा प्रेस स्वतन्त्र सेनानी मेघराज शर्माले जनतामा बढ्दै गरेकाे निरासालाइ चिर्न जरुरी रहेकाे बताउनु भयो ।उहाँले जनतामा आशा जगाउन, विकृतिमा बिरुद्ध सरकार कठाेर बन्नुपर्ने धारणा राख्नु भयो । प्रतिनिधि सभा सदस्य ठाकुर गैरे, नारायण आचार्य, लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री धनेन्द्र कार्की, स्वास्थ मन्त्री खेमबहादुर सारु मगर लगायतले सम्बाेधन गर्नुभएको थियो । कार्यक्रममा विभिन्न विधामा कलम चलाउने २१ जना पत्रकारलाई सम्मान तथा पुरस्कृत गरिएको थियाे ।