Nepali News Portal

आगलागीबाट ध्वस्त भएको नेपाली जुत्ता घर पुनः संचालन

बुटवल । आगलागीबाट क्षति ब्यहोरेको बुटवल मिलनचोक डेल्टा मार्टस्थित नेपाली जुत्ता घर  पुनः संचालनमा आएको छ । असार ६ गते आगलागी भएपछि परिसरमा नै ४० वटा स्टलहरुमार्फत सेवा शुरु गर्न लागेको हो । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उदेश्यका साथ नेपाली लुगा घरको आयोजनामा डेल्टा कम्प्लेक्स परिसरमा टेन्ट लगाएर जुत्ता घरको एक कार्यक्रम  बिच लुम्बिनी प्रदेशका पूर्वमन्त्री विष्णु पन्थीले आईतबार उद्घाटन गर्नु भयो । उहाँले देशलाई आर्थिक रुपमा सबल बनाउने गरि युवाहरुबाट नै योजनाहरु अघि सार्नुपर्ने बताउनु हुँदै  अब भाषणभन्दा पनि काम गरेर देखाउने समय आएको बताउनु भयो ।

कार्यक्रममा  संचालक प्रकाश भुसालले भदौ ९ गतेदेखि दोस्रो बुटवल जुत्ता चप्पल व्यापार मेला उद्घाटन अघि केही संस्थाहरुबाट बन्द गर्न  हर्कत गरिएको भन्दै गुनासो गर्नु भयो।बजारमा रहेका ब्यवसायीहरुले संस्थाको आडमा उपभोक्ता ठग्ने काम गरेको आरोप लगाउनु हुँदै आफुले एमआरपि ट्याग मुल्यमा छुट दिईने बताउनु भयो।

। नेपालका ८ उद्योगका ३० भन्दा धेरै ब्रान्ड र ३००० भन्दा धेरै डिजाईनका जुत्ताहरु यहा उपलब्ध हुने उहाँले बताउनु भयो।
अबरोध कै बीच जुत्ता मेला
बुटवलमा जुत्ता मेला संचालन गर्न लागेका एक व्यवसायीलाई यहाँ क्रियाशील भएका सबै व्यापारिक संस्थाहरुले रोकेपछि नाम फेरेर एक दिनपछि संचालनमा आएको छ । बुटवल मिलनचोक डेल्टा मार्टस्थित नेपाली जुत्ता घरका संचालक प्रकाश भुसालले गर्न लागेको जुत्ता मेला पहिले स्वीकृत दिएको वडा नं ८ को कार्यालयले नै सबै व्यवसायिक संस्थाको दवावमा रोकेपछि मेलाको नाम हटाइएको हो । असार ६ गते आगलागीबाट पूरै क्षति ब्यहोरेको डेल्टामार्टमा रहेको बाहिरको क्षेत्रमा टेन्ट लगाएर जुत्ता घर संचालनमा ल्याइएको हो । आइतबार जुत्ता मेलाको रुपमा यसलाई उद्घाटन गर्ने तयारी गरिरहेका बेला यहाँका केही व्यवसायीले तोडफोड गरेका थिए । डेल्टा मार्ट असार ६ गते आगलागी भएर यहाँ सबै जलेको थियो । यसकै परिसरमा नै ४० वटा स्टलहरुमार्फत सेवा शुरु भएको हो । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ नेपाली लुगा घरको आयोजनामा डेल्टा कम्प्लेक्स परिसरमा टेन्ट लगाएर जुत्ता घर संचालनमा ल्याइएको हो ।
बेस ग्लोबल प्रालि, लालिगुरास फुटवेयर ईण्डष्ट्रिज प्रालि, शुभकामना फुटवेयर, स्मार्ट शु, एक्सन शु, शिखर शु, पवित्रा शु, रन शु ईण्डष्ट्रिज प्रालि लगायत ८ कम्पनीका ३० ब्रान्डका एउटै छानामुनी ३००० भन्दा धेरै भेराइटी सहित १५५ देखि ५०५ सम्म छुटमा कारखानाकै मूल्यमा उपभोक्तासम्म पुर्याउने संचालक भुसालले बताउनु भयो ।
आइतबारको विवादपछि सबै व्यवसायिक संस्थाहरुबीच बसेर मेलाका रुपमा यसलाई संचालन नगर्ने सहमति गरेका थिए । रुपन्देही व्यापार संघका अध्यक्ष दीपक अधिकारीले बुटवलमा मेला लाग्ने निश्चित स्थान भएको र त्यो मेला ब्राण्डका रुपमा स्थापित भएकाले त्यही नाममा निश्चित व्यक्तिले चलाउन नहुने विषयमा सबै व्यवसायिक संस्थाहरु एकमत रहेको बताउनु भयो । कानुनी प्रकृया पूरा गरेर व्यापार गर्न सबैलाई छुट भएको तर यति लामो समयसम्म अस्थिर बनेको बजारलाई प्रभाव पार्ने र एक व्यक्तिका लागि मेला चलाउने गरी यहाँका व्यवसायीलाई वेवास्था गरेकाले यस्तो अवस्था सृजना भएको ब्यवसायीले बताउनु भएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.