बुटवल ।
रुपन्देहीको तिलोत्तमा क्याम्पसले स्नाकोत्तर तहमा एम. वि.ए कार्यक्रम संचालनमा ल्याएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका व मा रहेको तिलोत्तमा क्याम्पसले यसै शैक्षिक सत्र देखि स्नाकोत्तर तहमा एम.वि.ए. कार्यक्रम संचालन गर्न लागेको हो । तिलोत्तमा क्याम्पसले मंगलबार पत्रकार सम्मेलन गरि यस क्षेत्रबाट स्नातक तह उत्र्तिण गरेका विद्यार्थी उच्च शिक्षा (एम.वि.ए.) अध्यानका लागि अन्यन्त्र जानुपर्ने बाध्यात्मक अवस्थालाई चिर्नकै लागि क्याम्पसले मास्टर्स इन विजनेश एडमिन्स्टेशन पठन–पाठन शुरु गर्न लागेको जानकारी गराएको हो ।
यसै अवसरमा एम.वि.ए. कार्यक्रमको औपचारिक शुभारम्भ गर्दै क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद ढकालले बिश्व वजारले माग गररहेको सिप युक्त तथा प्राविधिक जनशक्ती उत्पादनमा तिलोत्तमा क्याम्पस अग्रसर रहेको बताउनुभयो । उहाँले रुपन्देहीका शाइन्स क्याम्पस नहुँदा विज्ञान र व्यवस्थापनलाई लक्षित गरेर क्यामपस संचालन गरिहेको बताउँदै हरेक वर्ष एम.वि.ए पढ्ने विद्यार्थीको संख्या बढिरहेकोले स्थानीय आवश्यकता परिपूर्तिको लागि यो कार्यक्रम संचालन गरेको बताउनुभयो ।
तिलोत्तमा क्याम्पसका प्राचार्य डाक्टर रामचन्द्र आचार्यले आफ्नै देशमा स्रोत र साधनको खोजी गर्न सक्ने क्षमता सहितको उद्यमशिल जनशक्ति उत्पादन गर्न एम.वि.ए कार्यक्रम संचालन गर्न लागिएको बताउनुभयो ।
वि.वि..ए कार्यक्रम संचालन गरेको १५ वर्षको प्रयासपछि एम.वि.ए कार्यक्रम संचालन गर्न लागिएको प्राचार्य डाक्टर आचार्यले बताउनुभयो ।
नेपालमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय,पोखरा विश्वविद्यालय,पूर्वाञ्चल विश्वविद्यालय,मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले एम.वि.ए. कार्यक्रम संचालन गरेका छन । २०६६ सालदेखि वि.वि.ए कार्यक्रम संचालन गरेको उक्त क्याम्पसमा यसै शैक्षिक सत्रदेखि सबै विषयमा स्नातकतह उत्र्तिण गरेका सब विद्यार्थीले एम.वि.ए. अध्यान गर्न पाउनेछन् । क्याम्पसका प्राचार्य डाक्टर रामचन्द्र अचार्यका अनुसार एम.वि.ए कार्यक्रमको दुई वर्षे कोर्ष अध्यानको लागि ४ लाख ३० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले तिलोत्तमा क्याम्पसले शैक्षिक क्षेत्रमै छुट्टै पहिचान बनाउन सफल भएको भन्दै एम.वि.ए कार्यक्रममा पनि पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा प्राध्यापक सन्तोष ज्ञवालीले एम.वि.ए कार्यक्रमले विद्यार्थीलाई स्वरोजगार बनाउनका लागि सुनौलो अवसर भएको बताउनुभयो ।
तिलोत्तमा क्याम्पसले कक्षा १२ र स्नातक तहमा गरेर प्रतिवर्ष करिव ७०० जना विद्यार्थी उत्पादन गरिरहेको छ । वि.वि.ए कार्यक्रममा ४० जना विद्यार्थीलाई छात्रवृत्तिमा अध्यापन गराईरहेको क्याम्पसले जनाएको छ ।