Nepali News Portal

इनरह्विलद्धारा खाद्यान्न वितरण कार्यक्रम

बुटवल ।
इनरह्विल क्लव अफ बुटवल जीतगढीले खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ ।रक्षाबन्धनको अवसर पारेर रुपन्देहीको उजेलापूरमा रहेको लुम्बिनी अपाङ्ग दृष्टिविहिन अनाथ आश्रममा दाल , चामल, तेल आटा चाउचाउ बिस्कुट लगायतका खाद्य सामाग्री आश्रमका लिलाराम रोकामगरलाई हस्तान्तरण गरेको हो ।

क्लवका संस्थापक अध्यक्ष उमा अर्यालले क्लवका साथीहरुले आर्थीक खर्च उठाएर बिभिन्न सामाजीक कार्यमा जोडीने गरेको बताउदै आफ्नो क्लवले गरेको सहयोगले केही राहत हुनेमा विश्वस्त रहेको बताउदै आश्रममा आश्रीत वाल बच्चाको समुज्वल भविष्यको कामना समेत गर्नुभयो ।

कार्यक्रममा बोल्दै क्लवकी अध्यक्ष दिलकुमारी भट्टराइले सामाजीक काममा अग्रसरइनरह्विल क्लव अफ बुटवल जीतगढीले आज खाद्यान्न सहयोग गरेको हाम्रो सानो सहयोगले आश्रममा आश्रीत रहेका फरक क्षमता भएका माहानुभावहरुलाई मलमको काम गर्नेछ भन्नेमा विश्वस्त रहेको बताउदै फेरिपनी यस्ता कार्यक्रम लिएर आउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

लुम्बिनी अपाङ्ग दृष्टिविहिन अपाङ्गआश्रमका अध्यक्ष लिलाराम रोकामगरले आश्रमको आयस्रोत अरु केही नभएको,आश्रममा रहेका अपाङ्ग असक्त दृष्टिबिहिनहरु क्लवहरुले गरेको सहयोगबाटै बाचिरहेको बताउदै क्लवलई धन्यबाद व्यक्त गर्नुभयो ।राज्यले पनी ध्यान दिन सक्यो भने सहज हुने बताउनुभयो ।आश्रममा ३५ जना अपाङ्ग ,दृष्टिबिहिनहरु रहेका छन । इनरह्विल क्लव अफ बुटवल जीतगढीले बिभिन्न सामाजीक कार्यहरु गर्दै आइरहेको छ ।

 

You might also like
Leave A Reply

Your email address will not be published.