बुटवल।
आइएमइ लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनी को शाखा कार्यालयबुटवलमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।
कम्पनीले सातौं वार्षिकोत्सवको अवसर पारेर शनिवार बुटवल एरियाको आयोजनामा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको हो ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत प्रभातफेरी कार्यक्रम बुटवलको कालिकानगरबाट शुरु भएका कार्यक्रम राजमार्ग चौराहा, मिलनचोक पुगेर राजमार्ग ,होराइजन हुँदै कालिकानगर पुगेर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी नेपाल बीमा प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख श्री पुर्ण बहादुर थापाले कार्यक्रमको उद्घाटन गर्दै आइएमइ लाइफले छोटो समयमै सफलताको फड्को मार्न सफल भएको र कम्पनीको अग्रतालाई निरन्तरता दिनुपर्ने बताउदै कम्पनीको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका क्षेत्रीय प्रबन्धक राजेन्द्र पन्थीको अध्यक्षता, नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख पुर्ण बहादुर थापाको प्रमुख आतिथ्यता तथा मुर्गिया शाखा प्रमुख सन्जिव गहतराजको सन्चालनमा सम्पन्न भएको थियो। सुरक्षा तथा ट्राफिकको टिम, कर्मचारी अभिकर्ता हरुको बाक्लो सहभागीता रहेको थियो । आएमइ लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड का सबै शाखामा सप्ताहव्यापी कार्यक्रम हुनेछन।