Nepali News Portal

वृक्षारोपण कार्यक्रम सम्पन्न

बुटवल ।
इनरह्विल क्लव अफ बुटवल जितगढीले हिलपार्क विकास परिषद क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।इनरह्विल क्लव अफ बुटवल जितगढी रोट्याक्ट बुटवल डाउनटाउन, रोट्याक्ट बुटवल रामापिथेकस, रोट्याक्ट बुटवल सि नर्जीर्को सहकार्य तथा रोटरी क्लब अफ बुटवल डाउनटाउनको आयोजनामा भएको वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथी रोटरी डिष्ट्रिक ३२९२ जोन २८ का एजी जीवन अर्यालले विरुवा लगाएर उद्घाटन गर्दै बिरुवा लगाएर मात्र नहुने लगाएपछी रेखदेख पनी गर्नुपर्ने बताउदै क्लवहरुको सहकार्यले काम सफल र सहज हुने बताए ।

रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष शिव ज्ञवालीले हिलपार्कलाई थप सौन्दयीकरण र प्राकृतिक पूर्वाधार विकासमा हातेमालो गर्न तयार रहेको बताए । उनले भने हामीले मुलगेटदेखी माथिसम्मको सडकलाई भाईरल रोडका रुपमा चिनाउने गरि एउटै थरका फुलका बिरुवा रोप्ने र हुर्काउने लक्ष्य राखेका छौ । ‘एक सय कल्कीका बिरुवा रोपेका छौ ’ यो वर्ष रोटरी डिष्ट्रिकमा रहेका १५६ क्लबहरुबाट एक लाख बिरुवा रोप्ने योजना अनुसार वृक्षारोपण गरिएको उनले बताए ।कार्यक्रममा इनरह्विल क्लव अफ बुटवल जीतगढी रोट्याक्ट बुटवल डाउनटाउन, रोट्याक्ट लगायतका क्लवहरुका सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो । हिलपार्कको मुलगेटदेखी माथिल्लो पिकनिक स्पटसम्म सडक किनारामा कल्की, निम र बेलका एक सय बिरुवाहरु रोपिएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.