Nepali News Portal

मुलुकमा सुशासन कायम गर्न सूचनाको हक सम्बन्धि ऎन कार्यान्वयनलाई प्रभावकारी बनाउनु पर्छ : सभामुख

बाँके (कोहलपुर )। लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुलुकमा सुशासन कायम गर्न सूचनाको हक सम्बन्धि ऎनलाई  प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भएको छ । सूचनाको हक सम्बन्धी ऎन कानुन निर्माण भएपनि कार्यापालिकाको चासो र चिन्तामा कमि आउदा प्रभावकारी कार्यान्वयनमा केहि चुनौती देखिएको बताउनु भयो ।
राष्ट्रिय सूचना आयोगले बाँकेको कोहलपुरमा आयोजना गरेको सुशासनको लागि सूचनाको हक सम्बन्धित लुम्बिनी प्रदेश स्तरीय गोष्ठीको उद्घाटन गर्नुहुदै लुम्बिनी प्रदेशका सभामुख घर्ती मगरले भन्नूभयो – “ऎन कानुन निर्माण भएका छ्न , आवश्यकता अनुसार बन्छ तर कार्यान्वयनको अवस्था कस्तो छ त्यो महत्त्वपूर्ण कुरा हो । ” सूचनाको हक सम्बन्धमा लुम्बिनी प्रदेश सभा संबेदनसिल रहको बताउनु हुँदै उहाँले आयोगको गतिविधिलाई प्रदेश तहमा पुर्याउन सुझाव दिनु भयो ।
गोष्ठीमा राष्ट्रिय सूचना आयोगको निमित्त सचिब युबराज अधिकारीले सूचनाको हक कार्यान्वयनमा प्रदेश सभा सदस्यहरुको भुमिका र अपेक्षाबारेमा कार्यपत्र प्रस्तुत गर्नु भयो । त्यसै गरि संविधान, कानुन र प्रशासन विद् डा काशिराज दाहालले पारदर्शिता, जवाफदेहीता र सूचनाको हकको अन्तरसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो । त्यसै गरि बरिस्ठ पत्राचार तारानाथ दाहालले डिजिटल प्रबिधिको प्रयोग सूचनाको हकको अन्तरसम्बन्ध विषयमा कार्यपत्र प्रस्तुत गर्नु भयो । प्रदेश सभाका सदस्यसंगको उक्त अन्तर्कृयात्मक गोष्ठी दुई दिन सम्म संचालन हुनेछ ।
दोश्रो दिनको पहिलो सेसनमा आयोगका आयुक्त रत्नप्रसाद मैनालीले सूचनाको हक: संबैधानिक कानुनी ब्यवस्था, अभ्यास तथा राष्ट्रिय सूचना आयोगको भुमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुहुने आयोजकले जनाउनु भएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.