बुटवल । बुटवलको विस पचहत्तर युवा परिवारको छैठौ साधारण सभा तथा अधिवेशन दिपनगर बुटवलमा आज सनिवार सम्पन्न भएको छ ।
अधिवेशनले सुरेन्द्र थापाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती, समिती लेखा समिती र सल्लाहकार चयन गरेको छ ।
जसको उपाध्यक्षमा सोनु राना, सचिवमा दिपक गुरुगं, कोषाध्यक्षमा सुरेश गैरे रहनु भएको छ । सदस्यहरुमा रमेश गौचन, विजय गुरुग, महेश श्रेष्ठ, बिष्णु भुषाल, दुर्गा सुवेदी रहनु भएको छ ।
त्यसै गरि लेखा समिती संयोजकमा शेर बहादुर सुनार तथा सदस्यहरुमा बुद्दी दर्जी र पुर्ण सारु निर्बिरोध निर्वाचित हुनु भएको छ । समितीको सल्लाहकारमा समाजसेवी लेखमान श्रेष्ठ(श्रवण) रहनु भएको छ। शिक्षा स्वास्थ, खेलकुद मनोरन्जन लगायत सामाजिक, आर्थिक सांस्कृतिक क्षेत्रमा आगामी दिनहरुमा पनी अझबढी प्रभावकारी कार्य गर्ने नव निर्वाचित अध्यक्ष सुरेन्द्र थापाले प्रतिबद्धता व्यक्त गर्नु भयो ।
अधिवेशन निर्वाचन संयोजक पुर्णलाल कुंवरको संयोजकत्वमा तथा कार्यक्रम बुटवल उपनपा वडानं. ७ सचिव राजु लामिछानेको आतिथ्यतामा भएको थियो ।