भैरहवा । भैरहवामा नेकपा माओवादी केन्द्रकाे जिल्ला पार्टी कार्यालय स्थापना गरिएकाे छ । मंगलबार माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हकिउल्लाह खानले कार्यालय उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा बाेल्दै उनले व्यक्तिवाद हाबि भएका कारण पार्टीकाे जनमत निरन्तर घट्दै गइरहेकाे बताएका छन् । उनले पार्टी निर्माणका लागि सबै एकजुट भएर लाग्नु पर्नेमा जाेड दिए । साेही कार्यक्रममा बाेल्दै माओवादी केन्द्रिय सदस्य तथा रूपन्देही इन्चार्ज बामदेव क्षेत्रीले विभिन्न समयमा माओवादीबाट अलग भएकाहरूलाई पार्टीमा फर्काउने काम भइरहेकाे जानकारी दिए । उनले पार्टीबाट अलग भएकाहरू संग समदुरीमा रहन कार्यकर्तालाई निर्देशन दिए ।
माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पार्टी निर्माण आधारहरू पहिचान गरेर अघि बढ्नु पर्नेमा जाेड दिए ।
अखिल क्रान्तिकारीले बुटवल बहुमुखी क्याम्पसकाे स्ववियु निर्वाचनमा नेवि संघलाई पछि पार्दै दाेस्राे स्थानमा हासिल गरेकाे उदाहरण दिदै दु:ख गरे पार्टी निर्माण सम्भव भएकाे बताए ।
माओवादी केन्द्र रूपन्देही संयाेजनक निर्मल जिसिले सम्पूर्ण सरकारी कार्याल भैरहवामा र पार्टी कार्यालय बुटवलमा हुँदा काम गर्न असहज भएका कारण भैरहवामा पार्टी कार्यालय स्थापना गर्नु परेकाे जानकारी दिए । कार्यालय सञ्चालनमा आएपछि पार्टीकाे काम गर्न थप सहज हुने उनकाे विश्वास छ ।
You might also like