Nepali News Portal

माओवादी केन्द्रका नेता कार्यकर्ताले गरे धान रोपाइँ 

   बुटवल ।  अखिल नेपाल  किसान महासंघ  (क्रान्तिकारी केन्द्र)  जिल्ला समिती रुपन्देहीले २१ औं राष्ट्रिय धान दिवसको अवसरमा आज शुभकामना आदानप्रदान तथा धान रोपाइँ कार्यक्रम गरेको छ । तिलोत्तमा नगरपालिका वडा न १२जुटपानी टोलमा अवस्थित कृष्ण चौधरीको खेतमा रोपाइँ गरिएको हो ।  जिल्ला समिती रुपन्देहीका अध्यक्ष टान प्रसाद पाण्डेको अध्यक्षता भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि  नेकपा  ( माओवादी केन्द्र) लुम्बिनी प्रदेशको अध्यक्ष सुदर्शन बरालले  कृषि बैज्ञानिकलाई जमिनसंग जोडी नीतिनिर्मातामा पुर्याउनु आवश्यक रहेको बताउनु भयो ।  उहाँले कृषकलाई सम्मान गर्ने  बाताबरण सिर्जना नहुदा सम्म कृषिमा युबा पुस्तालाई आकर्षक गर्न नसकिने भएकाले कृषिमा आकर्षक गर्ने  नीति निर्माण गर्न जरुरी रहेको बताउनु भयो । उहाँले कृषि उपजको आयात प्रतिस्थापनको लागि कृषिमा आधुनिकीकरण र ब्यावसायिकरण आवस्यक रहेको बताउनु भयो । कार्यक्रममा महासङ्घका केन्द्रिय उपमहासचिव एव लुम्बिनी प्रदेशका इन्चार्ज बुद्ध बस्नेतले बिचार र सिद्धान्त संगै कृषि उत्पादनमा जोडन जरुरी रहेको बताउनु भयो । कृषि मार्फत नै आर्थिक क्रान्ति गर्न सकिने र त्यसले सहिदको सपना पूरा गर्ने उहाँले बताउनु भयो । औपचारिक कार्यक्रम पश्चात् रोपाइँ सुरु गरिएको थियो ।  रोपाइमा माओवादी केन्द्रका रुपन्देही जिल्ला संयोजक नारायण जिसि निर्मल , लुम्बिनी प्रदेशका किसान महासंघका फ्याक्सन इन्चार्ज यज्ञ पोखरेल लगायत नेता तथा  कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको सचिव बिष्णु प्रसाद ढकालले जानकारी दिनुभयो ।

You might also like
Leave A Reply

Your email address will not be published.