Nepali News Portal

इनरव्हीलको डिष्ट्रिक चेयरमेनमा बुटवलकी आशा श्रेष्ठ

बुटवल ।
इनरव्हील क्लब डिष्ट्रिक ३५० को बर्ष २०२४–२५ को डिष्ट्रिक चेयरमेनमा बुटवलकी आशा श्रेष्ठ सिमाङ्गैडाले पदभार ग्रहण गर्नुभएको छ । महिलाहरु मात्रै आवद्ध देशभरका ४१ इनरव्हील क्लबका सदस्यहरुको उपस्थितिमा रुपन्देहीको मणिग्राममा शनिवार आयोजना गरिएको १० औं डिष्ट्रिक इन्सलेसन तथा ११ औं डिष्ट्रिक एसेम्बली कार्यक्रमका बिच बर्ष २०२४–२५ का लागी चयन नयाँ नेतृत्वले पदभार ग्रहण गरेको हो ।

कार्यक्रममा बर्ष २०२३ –२४ डिष्ट्रिक चेयरमेन टुना थापाले नव निर्वाचित २०२४–२५ का डिष्ट्रिक चेयरमेन आशा श्रेष्ठलाई क्लबको प्रमाणपत्र,ह्याम्बल ग्रयाभेल प्रदानगरि पदभार प्रदान गर्नुभयो । त्यस्तै इनरव्हील क्लब डिष्ट्रिक ३५० को बर्ष २०२४–२५ का लागी इमिडियट पास्ट डिष्ट्रिक चेयरमेनमा टुना थापा,डिष्ट्रिक भाईस चेयरमेनमा कमला श्रेष्ठ, डिष्ट्रिक सेके्रटरीमा श्रृष्टी श्रेष्ठ प्रजापति, डिष्ट्रिक ट्रेजररमा बिनिता भट्टराई अधिकारी, डिष्ट्रिक आई.ए.ओ. मा सबिता दास र रिना ताम्रकार , डिष्ट्रिक इडिटरमा मन्जु शाक्य, डिष्ट्रिक एक्जुकेटीभ मेम्बरमा निर्मला मल्लले  पदभार ग्रहण गर्नुभएको हो ।बर्ष २०२४–२५ का लागी पदभार ग्रहण गर्दै डिष्ट्रिक चेयरमेन आशा श्रेष्ठले क्बलको नयाँ शताब्दीको सुरुवातसँगै वर्ष २०२४–२५ का लागी चेयमेन बन्न पाउँदा अत्यन्तै हर्षित भएको बताउँदै जोश जाँगरका साथ यस वर्षको राष्ट्रिय थिमलाई मध्यनजर गर्दै काम गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

 

चेयरमेन श्रेष्ठले आफ्नो कार्यकालमा स्वास्थ्यसेवा,सबै क्लबहरूद्वारा महिलाहरू र बालबालिकाको स्वास्थ्य समस्याहरूमा सामूहिक कायगर्ने,महिलाहरुको स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने,बालबालिकामा अटिजम सम्बन्धी जनचेतना,  महिला शक्तिकरण,इनरव्हील सदस्यहरू र महिलाहरूलाई नेतृत्व प्रशिक्षण, स्वार्थभन्दा माथि सेवा लाई प्राथमिकता दिने  काम गर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि इनरव्हील डिष्ट्रिक ३५० का नेपाल रिप्रेजेन्टिभ कमला महर्जन सुवालले इनरव्हीलका देशभरिकै क्लबहरुले सकारात्मक उर्जा थपिने गरि काम गरेको बताउँदै आगामी दिनमा पनि क्लवहरुले क्रियाशिल ढंगबाट कामगर्नुपर्ने बताउँनुभयो । उहाँले  महिलाहरुको सामाजिक क्षेत्रको उत्तरदायित्व बढाउनुमा यस्ता क्लबवहरुको महत्वपुर्ण योगदान रहेकाले आफ्नो नेतृत्व हुदा उदाहरणीय र साच्चिकै समाजमा सकारात्मक प्रभावपार्ने आवश्यकता अनुसारका काम गर्नुपर्नेमा जोड दिनुभयो । वर्ष २०२४–२५ का डिष्ट्रिक चेयरमेन अध्यक्ष टुना थापाले आफ्नो कार्यकालका समयमा गरेका गतिबिधिका बिषयमा जानकारी गराउनुभएको थियो।

कार्यक्रममा पास्ट इन्टरनेशनल इनरव्हील क्लब डाईरेक्टर कमलप्रभा खरेल, पास्ट नेपाल रिप्रेजेन्टिभ विजयालक्ष्मी श्रेष्ठ , बर्ष २०२४–२५ का नेपाल रिप्रेजेन्टिभ समिरा ध्वजु, डिष्ट्रिक सेके्रटरी श्रृष्टी श्रेष्ठ प्रजापति लगायतले बोल्दै इनरव्हील क्लबले गरेका कामहरु समुदायमा आधारित हुनुपर्ने बताउनुभएको थियो ।इनरह्लि क्लब अफ मिडटाउन बुटवल होस्ट क्लब रहेको कार्यक्रम २ दिन सम्म चलेको थियो ।

 

पहिलो दिन असार ७ गते पत्रकार सम्मेलन ,फेलोसिप र दोस्रो दिन असार ८ गते मुल सभा गरिएको होस्ट क्लबका पास्ट प्रसीडेन्ट राधा भट्टराईले जानकारी दिनुभयो । बिश्वका १०० भन्दा बढी राष्ट्रमा फैलिएको इनरव्हील क्लबको वर्ष २०२४–२५ थिम हर्टबिट अफ ह्युमानीटी तोकिएको छ । कार्यक्रमको सञ्चालन बर्ष २३-२४ का सेक्रेटरी कमला श्रेष्ठ र बर्ष २४-२५ का सेक्रेटरी डा.श्रृष्टी श्रेष्ठ प्रजापतिले गर्नुभएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.